Logo

बुधवार, भाद्र १० गते २०८३

ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु


ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली खेमाले बोलाएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु भएको छ ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले बोलाएको बैठकमा उनी पक्षका नेताहरु सामेल छन् । यस्तै केही नेताहरुले खेमा परिवर्तन गरि सो बैठकमा सहभागिता जनाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो बस्दैछ । दुवै पक्षले एकअर्काले बोलाएको बैठकलाई अवैध भनेका छन् । दुवै खेमा एकअर्कालाई कारवाही गर्ने तयारीमा छन् ।

कामना न्यूज

  • मंगलवार, पौष ७ २०७७११:०५:४३
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण