यतिवेला मुलुकको राजनैतिक चर्चा परिचर्चा नेकपाफुटमा केन्द्रित छ । साथै संसदको अप्रत्यासित विघटनमा । फुट र विघटनका कारण केलाउँदा नेतृत्वमा रहेको अभिमान र दम्भ हो, भन्न सक्ने आधार छन् । किनकी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको आपसी महत्वाकांक्षा र इगोले एकिकरण भएको पार्टी एकता महाधिवेशन गर्न नपाउँदै फुट हुन पुगेको छ । साथै संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो संसदको समय अगावै विघटन ।
हिजो मंगलबार ओली र दाहाल दुबै नेताका समुहले गरेका छुट्टाछुट्टै बैठक र उपस्थित जनले पार्र्टी फुटलाई औपचारिकतामा परिणत गरिदिएको छ । पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई प्रचण्ड अध्यक्ष रहको समुहले अध्यक्षबाट निकाला गरेको छ । ओली अध्यक्ष रहेको समुहले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट निकाला गरेको छ । त्यसले स्पष्ट भएको छ, ३ वर्षअघि एकिकरण भएकोनेकपा एमाले र नेकपा माओवादी बीचको एकताले फुटसँगै नयाँ रुप लिएको छ ।
फुटले न एमाले एकाकार रहन सक्यो न माओवादी नै । दुबै समुहका नेता कार्यकर्ता यताउता विभाजित हुने क्रम जारी छ । हुन त नेकपामा टुटफुट र जुट अध्याय नै बनिसकेको छ । संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई गद्दार घोषित गरिएको इतिहास स्वयँम नेकपामा छ । ०६ सालमा कलकत्तामा गठन भएको नेपाल कम्युनिष्ट पार्टी ०७७ सालसम्म आईपुग्दा ७० पटकसम्मभन्दा धेरै पटक टुट–फुट बाट गुज्रिएको छ । त्यसैको पछिल्लो उदाहरण हो, एकीकरण पछिको नेकपाको हालैको फुट ।
नेकपामा फुटको कारण सधै वैचारिक मतभेद भन्दा पनि अन्तराष्ट्रिय वाद र पद लोलुपता हुने गरेको छ । पदको लोलुपताको कुरा गर्दा तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझी, कमल रेग्मी,रेवती रमण खनालदेखि राधाकृष्ण मैनालीसम्मका नेता कार्यकर्ताले तत्कालिन समयमा दरवारको प्रलोभनमा परेर आफ्नो आर्दश र आस्थालाई तिलाञ्जली दिएको विगत छ । दरबारको पद लोलुपतामा पर्नेहरु कांग्रेसहरु पनि छन् । तर कम्युनिष्टहरु जस्तो आर्दशका गफ दिएर जनतालाई धोखा गर्ने श्रृंखलाको तुलना गर्दा कांग्रेसलाईउछिन्दै अग्रपंक्तिको सुचीमा वामपंथीहरु नै पर्छन् ।
०१७ सालदेखि अहिलेसम्म तीन पटकसम्म नेपाली कांग्रेसलाई मत दिएर एक्लौटी (बहुमतको) सरकार बनाउन दिएका नेपाली जनताले यसपटक नेकपालाई बहुमत दिए । तर पनि जनताले धोखा मात्र पाए । हुँदाहँुदैको बहुमतको सरकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गर्नुले नेपालमा बहुमतको सरकार अफाप सिद्ध प्रमाणित गरिदिएको छ ।
आधुनिक नेपालको इतिहासमा राणा र राजाहरु बाहेक अरु कसैले पनि ५ वर्ष निरन्तर शासन गर्न सकेको इतिहास लेखिने भएन् । भविष्यमा के हुन्छ, के हेर्न बाँकी नै छ । गर्दागर्दा लोकतान्त्रिक गणतन्त्रमा पनि जनताको सन्तान मुलुकको सर्वाेच्च स्थान राष्ट्रपति र प्रधानमन्त्री पदमा विराजमान भैहँदा पनि पुरै कार्यकाल शासन संचालन गर्न नसक्नु आफैमा बिडम्वना मात्र नभएर दुःखद हो । त्यसैले मुलुक यतिवेला दुःखद पराकाष्ठामा छ ।
नेकपाका नेताहरु आफैमा सत्ताका मालिक भैरहँदा मिल्न नसक्नु नागरिक मतको अपमान भएको छ । नागरिक मतको सम्मान गर्नुको सट्टा आफैमा सत्ता र पदका लागि तछाँड मछाँड गर्नु नेकपा नेताहरुको चरित्र आफैमा सन्देहयुक्त रह्यो । नेकपा नेतृत्वका नेताहरु (दाहाल,नेपाल र खनाल) ले यतिवेला पदभन्दा माथि उठेर अभिभावकिय भुमिका निर्वाह गरिदिएको भए, शायद यो अवस्था आउदैन्थ्यो ।नेपालको इतिहासमा धीर शमसेरका ५ भाई छोरा प्रधानमन्त्री भए । बीर,देब,चन्द्र,भीम र जुद्ध शमसेर । उल्ल्ोखित ५ मध्येका अन्तिम जुद्ध पश्चात भीम पुत्र पद्म शमसेर रोलक्रमले तत्कालिन समयमा श्री ३ बन्न पुगेका थिए । उनै पद्मलाई आफ्नै भाईभारदारहरुले तर्साएर भाग्न बाध्य बनाएका थिए । उनले भारतको राँची पुगेर राजीनामा पठाउनु परेको थियो । यतिवेला त्यही शैलीमा प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरेर सत्ताबाट अवतरण गराइयो भन्ने दुहाई प्रम ओलीले दिनु भएको छ ।
त्यसैको परिणाम संसद विघटन गर्नु परेको वहाँको दुखेसो छ । तत्कालिन श्री ३ पद्म शमसेरका हजुररिया जर्नेल रहेका चन्द्र शमसेर पुत्र कृष्ण शमसेरको निवास यतिवेला शितल निवासका नामले परिचित छ । तर उनै कृष्ण शमसेर पद्म शमसेरको बाध्यात्मक बर्हिगमन पश्चात आफ्नै भाईभारदारबाट अपमानित हुनु परेपछि आफ्नो घर शितल निवास सरकारलाई सुम्पिएर ०७ साल अगावै भारत प्रवासमा लागेका थिए । घरसँगै उनले मर्मत सम्हारका लागि २ लाख रुपैयाँ र आफ्नो गाडी र वग्गी पनि सरकारलाई दिएर (सारा सम्पत्ति त्याग गर्दै) बैगंलोर लागेका थिए ।
तर अहिले त्यही निवासमा विराजमान महामहिम राष्ट्रपति विद्यादेबी भण्डारीले चालेका कदमले आफै निन्दित हुनु परेको छ । निन्दित हुने मार्ग एकै पटकको आवेगले सिर्जना भएको हैन् । कहिले महंगो हेलिकप्टर, कहिले महंगो सवारी साधनको माग र उपयोग जस्ता कर्मले हुनु परेको हो । राणा भैकन पनि कृष्ण शमसेरले देखाएको उदार चरित्र मात्र भण्डारीले देखाउन सकेको भए मुलुकमा आजको यो अन्योल र शंकाको अवस्था आउने थिएन् । तर वँहालाई यी सबै तथ्यको वृतान्त कसले जानकारी गराउने । सल्लाहकार आफैमा कतिवेला अस्थिरता उत्पन्न होला र आफ्नो राय सल्लाह विक्ला भन्ने किसिमको रह्यो । भण्डारीको परिवारमा अभिभावकीय भुमिकाको न ज्ञान र संस्कार रह्यो ? मानिसले कि पढेर जान्ने हो, वा परेर ।
राष्ट्रपति भण्डारीमा अभिभावकीय भुमिकाको अभावले गर्दा यतिवेला निन्दित र कलंकित हुनु प¥यो । त्यसो त यतिवेला देशको न्यायपालिकाको प्रमुख अर्थात प्रधानन्याधिश उल्लेखित राणा परिवारका सन्तान (चालेन्द्र शमसेर) विराजमान हुनुहुन्छ । वहाँ ५ सन्तान श्री ३ हुने धीर शमसेरका वंश र सन्तती हुनुहुन्छ । वहाँको वंशको रगतमा शासन सत्ता संचालन गरेको अनुभव छ । त्यो अनुभवलाई वर्तमानमा वहाँले कसरी अवतरण गराउनु हुन्छ, त्यो हेर्न बाँकी नै छ । प्रधानमन्त्री ओलीको सिफरिसमा विघटित संसदलाई व्युझाउनु पर्छ, भन्दै यतिवेला स्वयँम नेकपाका सासंद सहित केही स्वतन्त्र नागरिक सर्वाेच्च अदालतको ढोका पुगेको अवस्था छ ।
वहाँहरुको रिटको सुनुवाई भैरहँदा देशको राजनीतिले कस्तो दिशा अवलम्बन गर्ने हो ? प्रतिक्षाको विषय भएको छ । संसद विघटनसँगै सत्ताधारी दल नेकपा हिजो मंगलबार विधिवत रुपमा विघटित भएपछि अदालतको ढोकामा पुग्नु परेको हो ।
अचम्मको कुरा त कुनैबेला एउटै जहाजका हामी दुई पाईलट भन्दै जनतालाई विश्वस्त तुल्याएका नेताहरु यतिवेला एक अर्कालाई दोषी करार गर्न लागी परेको अवस्था छ । दलको एउटा समुहले आफ्ना अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई आमन्त्रण नगरी पार्टीबाट निष्काशन गरेको छ । प्रम ओली अध्यक्ष रहनु भएको समुहले पनि आफुखुशी निणर्य गर्दै पार्टी सदस्यको विस्तार गरेको छ । दलको झगडा र बैधानिकताको मुद्दा निर्वाचन आयोगका पदाधिकारीले गर्नु पर्ने भएको छ ।
आयोगको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया हुनुहुन्छ । निजामति सेवाको कार्यकाल बाँकी रहँदा रहदै उक्त सवैधानिक पदमा वहालाई विराजमान गराउनु हुने प्रधानमन्त्री केपी ओलीको गुन कसरी चुक्ता गर्नु हुन्छ ? त्यो पनि हेर्नु पर्ने भएको छ । साथै थपलियालाई प्रम ओली समुहलाई अवैध कायम गर्न कुन नैतिकताले निर्देश गर्ला ?हामीले अभ्यास गरेको लोकतन्त्र कसरी व्यक्ति केन्द्रित स्वार्थले चुक्दै आएको छ, भन्ने उदाहरण हुन यी अभ्यास ।
देशमा पटक–पटक राजनीतिक परिवर्तन त भए राजनीति भने परिवर्तन भएको छैन् भन्ने उदाहरण हो संसद यस पटकको विघटन ।
त्यसैले यतिवेला देशको संबिधान र पद्धतीलाई साक्षी र निर्णय गर्ने जिम्मा प्रधान न्यायधिश चालेन्द्र शमसेर राणा र प्रमुख निर्वाचन आयुक्त थपलियाको जिम्मा गएको छ । वहाँहरुले गर्ने निर्णयलाई आधार मानेर देशको राजनीति सडक, सदन वा निर्वाचन कहाँ जाने भन्ने अन्तिम निर्णय हुनेछ ।
प्रधानमन्त्री केपी ओलीको कदम सवैधानिक वा असंवैधानिक के हो ?निक्र्याेल गर्ने जिम्मा सर्वाेच्च अदालतलाई छाडिदिऊ । तर पार्टी र सरकार बीचको अस्थिरता आउनुको कारण हो,नेताहरुको महत्वाकांक्षा । नेकपामा अति महत्वकांक्षी नेता प्रधानमन्त्री ओली,पुष्प कमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम हुन भन्दा अतिशयोक्ति नहोला । पार्टीको महाधिवेशन पर्खिन पनि नसक्ने र सरकारलाई एक कार्यकाल संचालनका लागि स्वतन्त्रता पनि नदिने उल्लेखित दुबै अवस्था अतिवादका पराकाष्ठा हुन् । सरकार संचालनको जिम्मेवारी पाएका प्रधानमन्त्री ओलीले लोकतन्त्रिक अभ्यासलाई अनुसरण नगर्नु आफैमा कमजोरी रह्यो ।
लोकतन्त्रमा समता,समानता र न्यायको सिद्धान्त अपरिहार्य हुन्छ । तर प्रम ओलीमा उल्लेखित गुणको अभाव देखियो । ती पक्षलाई ध्यान नदिई सरकार संचालनमा सघाई रहने पार्टी नेतृत्व निहीत स्वार्थी रह्यो । कुनैबेला प्रम ओलीले देखाएका सपनामा आफ्नो भविष्य सुरक्षित देख्ने ? यतिबेला ती सपनाको कार्यन्वयन गर्ने बेला सत्ता विघटन गर्न बाध्य तुल्याउने नेकपाको कदमले दुनियाँ हसाएको छ । मुलुक र जनताको भविष्यका लागि निहित स्वार्थको त्याग गर्न नसक्ने नेतृत्व देशमा रहुञ्जेल लोकतन्त्रको यसरी अपव्याख्या भैरहनेछ ।
अफ्रिकाका उदारवादी नेता नेलसन मण्डेलाले देशको राष्ट्रपति भैरहँदा नातिनीले हजुरबुबाले मलाई निवासमा कहिल्यै समय नै दिनु हुन्न भन्ने गुनासो गर्दा जवाफमा ‘म यतिवेला उनको मात्र हैन् देश जनताको पनि हजुरबुबा पनि त हूँ । मैले सबैलाई समान व्यवहार गर्नुपर्छ ।’ हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीलाई यस्ता उद्गार र वाणीले निर्देश गथ्र्याे भने शायदै देशमा यस्तो शंका र भयको वातावरणको अवस्था सिर्जना हुन्थ्यो ?
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक