मकवानपुर । हेटौँडा–नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने नेवारपानीबाट मकवानपुरकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१, ठूलो भावरतर्फ जाँदै गर्दा ग१ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।
घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइते भएकामध्ये दुईजना सामान्य र सातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रासस
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक