Logo

बुधवार, भाद्र १० गते २०८३

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ– नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।शुक्रबार भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको जनाइएको छ ।दुई मुलुकबीच आपसी हितका विषयमा पनि छलफल भएको नेकपा केन्द्रीय सदस्य रिजालले बताए ।यान्छीले बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन्। मंगलबार मात्रै यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन्।

 

कामना न्यूज

  • शुक्रवार, पौष १० २०७७०६:४१:०८
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण