Logo

मंगलवार, भाद्र ९ गते २०८३

विश्वभर ८ करोड जनामा कोरोना संक्रमण

विश्वभर ८ करोड जनामा कोरोना संक्रमण


विश्वभर ८ करोड जनामा कोरोना संक्रमण

काठमाडौँ– कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहानसम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ ।
चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो ।

हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ७९९ जना गम्भीर बिरामी छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक