काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटमा वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरेका छन् ।
वामदेवले भने आफू नेकपा एकीकरणको पक्षमा रहेको बताएका छन् । उनले आफू नेकपा एकीकरणको प्रयासमा रहेको बताएका वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएर आ–आफ्नै पार्टी कमिटी गठन गरे पनि वामदेव भने अहिलेसम्म कुनै पनि समूहमा छैनन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण