काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली नेपाल कम्युनिष्ट पार्टीको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्तताका लागि आइतबार काठमाडौँ आउँदैछ ।
भारतीय दैनिक हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको लेखेको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउँदै छ ।
स्रोतका अनुसार चिनियाँ राजदूत होउ याङ्छीले उच्च नेकपा नेताहरुसँग उनीहरुको भेटका लागि समय पनि लिइसकेकी छन् । उनले ओली र दाहाल दुवै पक्षसँग समय लिइसकेको उच्चस्तरीय स्रोतले जानकारी दिएको छ।
उच्चस्तरीय टोलीले नेपालमा चार दिन बिताउनेछ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक