‘धन त्यागेर त्यागी भैदैन् । मन त्यागेर त्यागी भैदैन् । त्यागी हुन त अभिमान,त्याग्नु पर्छ ।’ उल्लेखित शब्द नेपाली भजनका हुन् । संगीत,रचना र स्वर पनि याद भएन् त्यसैले स्रष्ट्रा र सर्जक प्रति अन्याय नहोस । उल्लेखित शब्दको मर्मले मन छोएकोले यहाँ उद्धृत गरिएको हो । शब्द आफैमा कति मार्मिक छन् । वर्तमान नेपालको सन्र्दभमा उल्लेखित शब्दले अन्तर आत्माको भाव प्रकट गरेको छ । भन्नु अर्थ नेपाली समाज यतिवेला कुण्डा र अभिमानले ग्रस्त अनि विक्षिप्त छ ।
त्यागको संस्कारलाई यहाँ निरिहताका रुपमा चित्रित गरिदै आएको छ । त्यसैको परिणाम हो, प्रम केपी ओलीले कार्यकाल समाप्त नहुदै संसद विघटन गरिदिएको घटना । अभिमानको पराकाष्ठाको कुरा गर्दा करिब दुईतिहाईको बहुमतको कम्युनिस्ट पार्टीको सरकार कार्यकाल नै पूरा नगरी (पुस ५ गते) बेलुन जसरी ब्लास्ट हुन पुग्यो । त्यसको असर आम देशवासीलाई मात्र नभएर गर्भमा रहेका सन्तानलाई पनि परिररहेको छ ।
किन त त्यो गर्भको सन्तान जन्मिने बेला, सभ्यता,संस्कार र विरासतले मात्र स्वाभिमानी नेपाली कहलिन सक्ने संभावना रहन्थ्यो । तर यतिवेला त्यो सबै संभावनाको अन्त्य भएको छ । लोकतन्त्र आफैमा उन्नत व्यवस्था हो । लोकतन्त्रको जगमा व्यक्ति नै प्रधान हुन्छ । जबसम्म व्यक्ति सदाचार र सत्गुणले अभिसप्त हुन सक्दैन् तबसम्म त्यो समाज समृद्ध,सभ्य र सुसंस्कृत हुन सक्दैन् । यतिवेला नेपाली समाज त्यही अवस्थामा गुज्रिएको छ । धन वैभवले समृद्ध त हौला, तर सभ्यता र संस्कारले हामी निन्दित भैरहेका छौं ।
‘आप भला तो जग भला’ भन्ने लोक उक्ति हाम्रा लागि प्रेरेणाको स्रोत बन्न सक्नु पथ्र्याे तर दोष्को अभिवइक्ति भएको छ । ससंदको विघटनसँगै नेकपा विभाजन हुन पुगेको छ । उक्त कदम पछि राजनीतिक तरलता अवस्था तैरिएको अवस्था छ । नेपालको सत्तारुढ दलमा विभाजनसँगै प्रतिपक्षलाई फाइदा पुग्नु र सरकारको काम कारबाहीमा गतिशीलता नहुनुले नागरिक र देशको भविष्यमा कालो बादल मडारिएको अवस्था छ ।
कुनै बेला पार्टी एकतालाई समृद्धिको सुचक मानेर एक जहाजका हामी दुई पाईलट भनिएका नेताहरु सौतेलो व्यवहारमा सडक र सत्तामा छन् । निर्वाचन आयोगमा दुवै पार्टीले आफू संस्थापन पक्ष भएको दावी गर्दै जनबल र शासन बलबाट शक्ति प्रर्दशन गरिरहेका छन् । सर्वोच्च अदालतमा संसद् पुर्नस्थापनाको मुद्दा विचाराधीन मात्र नभएर कारण देखाऊ भन्ने आदेश जारी भएको अवस्था छ । विभाजन भएका दुवै पक्ष २०७६ पुस १० गते देखि निर्वाचन आयोगमा आफ्ना आफ्ना दस्तावेज लिएर पुगेका छन् ।
सत्ता र भत्ताले अनमत्त कम्युनिष्ट पार्टी विभाजन हुन पुगेको छ । नेकपाका दुई अध्यक्ष मध्ये केपी शर्मा ओलीले निर्वाचनको तयारी गर्दै विपक्ष खेमाका नेता तथा कार्यकता तान्न सफल देखिएका छन् । विस्तारित मन्त्रीपरिषद् र सहभागी मन्त्रीहरुलाई ओलीको सत्ताले आर्कषण गरेको छ । साथै प्रम ओलीले केन्द्रिय सदस्यहरुको जम्बो आकार बनाएर उनीहरूलाई निर्वाचनमा लाग्न निर्देशन दिई सकेका छन् । कम्युनिस्ट पार्टीकै शैलीमा उनले अबको निर्वाचनमा आफूहरूलाई हार्ने छुट नभएको भन्दै आफूले मनोनयन गरेका केन्द्रीय समितिलाई निर्देशन दिएको जानकारी हुन आएको छ ।
समकक्षी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वारपारको लडाई भन्दै माधव नेपालका साथ सडक आन्दोलनमा लागेका छन् । दश वर्ष जनयुद्ध नामको हिंसात्मक युद्ध गरेको प्रचण्ड केप ीओली सरकार विरुद्ध भयानक सङ्घर्ष गर्नुपर्ने दिन आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका छन् । वर्तमान अवस्थामा दुवै पक्षलाई सत्ताको भोकले यति धेरै व्यग्र बनाएको छ कि प्रचण्ड अहिले नै प्रधानमन्त्री बनिहाले कि जस्तो गरी प्रस्तुत हुदै आएका छन् ।
यही अवसरमा पूर्व एमालेका एक नेता प्रदीप नेपाल आफु माधव–प्रचण्ड समुहमा लागेपनि बहुदलिय जनवादीहरुलाई एकाकार गर्ने सपना पालेर क्रियाशिल हुन लागेको जानकारी हुन आएको छ । कुनैबेला पार्टीका ‘आईरन लिडर’ भनेर चिनिएका पूर्व एमाले नेता वामदेव गौतम भने पर्ख र हेरको रणनीतिमा छन् । उनको ताक के हो, भन्ने बुझ्न नसकेर उनका समर्थकहरु विभक्त पार्टीमा आफ्ना–आफ्ना स्थान सुरक्षित गर्न लागेका छन् ।
नेकपाका कार्यकर्ता वडा तहसम्मै विभाजित अवस्थामा छन् । ६ वटा प्रदेशमा सरकार रहेको नेकपाका नेता कार्यकर्ता यतिवेला आफ्नै सहकर्मी विरुद्ध अविश्वास मत दर्ज गराउने खेलमा अभ्यस्त छन् । एक अर्का प्रति जाई लाग्ने यो अवस्थाले फेरी एक पटक हिंसात्मक द्वन्द्व समेत निम्त्याउने खतरा बढेको छ । विगतमा माले–एमाले, माओवादी–एमालेको जस्तै मारपिटमा कार्यकर्ताहरू उत्रन सक्ने खतरा बढेको छ । यसले सहर र केन्द्रमा भन्दा पनि गाउँ बस्ती प्रभावित हुने संकेत देखिएको छ ।
फेरी एक पटक यदु गौतम, बिरेन्द्र साह र भरत ढुंगाना जस्ता सपुतहरुलाई स्मरण गराएको छ । उनीहरु आस्था कै कारण हिंसात्मक शक्ती र सरकारबाट विभत्स तरिकाले मारिएका थिए । पछिल्लो पटक पार्टीको बैठक कै क्रममा पर्साका एक कार्यकर्ता (चौरसिया)को पनि आपसी भिडन्तमा मृत्यु भएको थियो । सत्ताको स्वार्थ कतिसम्म हुदो रहेछ, भन्न पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको पक्ष पोषणले पुष्टि गरेको छ । त्यसैगरी अघिल्लो दिनसम्म प्रम केपी ओलीको कदमको विरोध गरेका प्रभु साह समेत कित्ता फेर मन्त्री हुन पुगेका छन् ।
आफ्नो निर्वाचनको भविष्यलाई हिसाव गरेर माओवादी खेमाका टोप बहादुर रायमाझी केपी ओली सरकारमा मन्त्री बन्न पुगे । नेकपाको केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा उनी मञ्चमा विशेष नेता बनेर प्रचण्ड र माधव नेपाल स्वार्थी भएको आरोप लगाईदिए ।
रायमाझी र थापाले प्रम ओलीका कदमलाई साथ दिदै ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको हो ।’ उनीहरुको विचारको मूल्यांकन इतिासमा पक्कै हुनेछ । चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नु आजको आवश्यकता भन्ने थापाको भाषणले केपी ओलीका सच्चा अनुयायी थापा नै हुन भन्ने जन मानसमा पार्न उनी सफल भएका छन् ।
सत्तामा रहे पनि नेकपाका दुई अध्यक्ष ओली र दाहालबिच जारी द्धन्दमा सौम्य स्वभावका थापा मौन बस्दै आएका थिए । उनले सचिवालय बैठकमा कुनै समूहलाई बल पुग्ने गरी समर्थन गर्ने गरेनन् । उनी सधै मध्यमार्गी देखिए । गुटगत भेलाबाट टाढै बस्दै आएका भएपनि अन्तत उनी र दाहालको साथ र संगत त्यागेर ओलीका सर्मथक बनिदिए ।
पुस ५ को प्रम ओलीका कदमसँगै अविश्वास प्रस्ताव दर्ताको प्रयासबाट विकसित भएको राजनीतिक घटनाक्रम प्रतिनिधि सभा विघटनमा पुग्दासम्म मौन बसेका बादल बिहीबार राजनीतिक अनुमान विपरीत ओली समूहमा पुगेर आफ्नो स्थान सुरक्षित गरेका छन् ।
राष्ट्रपति विद्यादेबी भण्डारीको साथ सहयोगमा घोषण गरिएको निर्वाचनमा आफ्नो दुई तिहाई आउने दाबी प्रम ओलीले गर्न थालेका छन् । त्यसका लागि उनले बालुवाटार बाट कार्यकर्ता परिचालन शुरु गरेका छन् । अबको दिनमा गरिने भाषण बाजी र आरोप प्रत्यारोप विभाजित नेकपामा व्इक्ति चरित्र हत्यामा उत्रिने देखिन्छ । आफ्ना पक्षका कार्यकर्ता डाकेर बैठकबाट एक पक्षले अर्को पक्षलाई कारबाही र आरोप लगाउने हर्कत शुरु भएको छ । यस्ता हर्कतले गाउँ गाउँमा रहेका सोझा र इमान्दार कार्यकर्तालाई निराश मात्र नभएर आफ्नो विगत प्रति धिक्र्कान लालयित भएका छन् ।
अहिले दुवै पक्ष वडा तहसम्मै विभाजित अवस्थामा छन् । यसले हिंसात्मक द्वन्द्व समेत निम्त्याउने खतरा रहेको छ । विगतमा माले–एमाले, माओवादी–एमालेको जस्तै मारपिटमा कार्यकर्ताहरू उत्रन सक्ने खतरा उत्पन्न भएको छ । सरकारले शान्ति सुरक्षाको अवस्था चुस्त राख्न निर्देशन दिएको छ । सेनालाई अर्लट गरेको जानकारी हुन आएको छ ।
प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुको सिको गर्दै बाबुराम भट्टराईले नेतृत्व गरेको जसपाले समेत आईतवार देशभर विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेसले सर्वाेच्चको फैसला पर्खिएको भएपनि कार्यकर्ता परिचालन गर्न भएपनि सोमबार देशव्यापी प्रर्दशन गर्ने भएको छ । कांग्रेसका लागि नेकपाको फुट अवसर भएपनि सहर्ष स्वीकार गर्न सकिरहेको छैन् । विरोधका लागि विरोध गर्ने कम्युनिष्ट संस्कारबाट पोषित हुदै सडकबाट सरकारको विरोध गर्ने भएको छ । त्यसो त भित्री मनले जयजयकार गरेको भएपनि कार्यकर्तालाई सडकमा उतारेर चर्का भाषण गर्न कांग्रेसले त्यस्तो गरेको हो, भने भोलि सर्वाेच्चबाट आउन सक्ने फैसलालाई कसरी आत्मसात् गर्ला ?
कांग्रेसको आगामी निर्णय के ?
कांग्रेसले प्रम ओलीका कदममा ‘बुढी मरी भन्दा पनि काल पल्केको चिन्ता’ले शोकमग्न भएको हो, भने भोलि प्राप्त हुने सत्ताका लागि नैतिक सत्ताको जग बसाल्न सचेत हुन सक्नु पर्छ । साथै कांग्रेसले सडकमा प्रस्तुत भैरहँदा कम्युनिष्ट(तत्कालिन माओवादीका) को एजेण्डामा लादिएको संघियता र धर्म निरपेक्ष राष्ट्र बनाइएको भएपनि यतिवेला जनमत संग्रह माग गर्न चुक्नु हुदैन् । जनमत संग्रह हुदैमा व्यवस्था नै ध्वस्त हुन्छ भनेर राजनीत हुदैन् । ०४७ संबिधानका बखत त्यस्तै अवस्था थियो । आखिर देशमा गणतन्त्र स्थापित हुन गयो त । यतिवेला ती एजेण्डामा जनमत संग्रह गरिए संबिधान अझै शसक्त,परिस्कृत र पूर्ण हुनेछ ।
किनभने भारतको संबिधानमा धर्म निरपेक्ष र समाजबाद भन्ने शब्द लेखनका बेला सहमती हुन सकेको थिएन् । सन् १९७५ को संकटकालका बेला प्रधानमन्त्री इन्दिरा गान्धीले संबिधानमा शंसोधन गर्दै उक्त शब्द प्रवेश गराएकी थिईन् । जनताको अन्तर आत्मालाई बुझ्न सकिएन् भने भोलि केही गरी प्रधानमन्त्री ओलीले तत्कालिन प्रम गान्धीले जसरी राष्ट्रपतिको सहयोगमा संबिधान शंसोधन गरेर नेपाल हिन्दु राज्य भनेर कायम गरा एभने जनमत त्यतै नपल्टिएला भन्न सकिदैन् । ओली वंश विरासतको आश राखेर राजनीति गरेका व्यक्ति हैनन् । उनका लागि यो नै अन्तिम अवसर हो । जाँदा जादै उनले जनताको अन्तरआत्माको भावनालाई किन प्रकट नगर्ने भनिदिए भने, कांग्रेससँग आगामी दिनमा एजेण्डाको राजनीति समाप्त हुनेछ । यस्तै अन्योलको अवस्थामा एक पटक महात्मा गान्धीले भनेका छन् ‘जनताको मतलाई सत्ताका लागि मात्र नभएर अभिमत बनाएर बुझ्न सक्नु पर्छ ।’ यतिवेला नेपालको अवस्था त्यस्तै हुन पुगेको छ । वि.स.०३७ सालमा राजाले सत्तामा रहेर जनमत संग्रह गराउँदा पनि संस्थापक नेता बीपी कोईरालाले त्यसलाई स्वीकार गर्नु भयो । निर्वाचन परिणाम हार (जालझलेल) पूर्ण आउँदा पनि त्यसलाई शिरोधार्य गरेको विगत छ । तर हारका कारण के थिए, भन्ने कारणका बारेमा पछि कुनै अन्य सन्र्दभमा केलाउँला ।
साथै कोईरालाले नेपालको धार्मिक अस्तित्वका बारेमा जनमतको अनादर गर्दै कहिल्यै टिका टिप्प्णी गर्नु भएन् । बरु भारत प्रवासमा रहँदा आफुलाई बन्दी बनाउने राजासँग राष्ट्रियताका लागि घाटी जोडिएको छ, भन्ने वक्तब्य दिएर राष्ट्रप्रेम प्रकट गरेको विगत छ । कांग्रेसले प्रम ओलीको संसद विघटनको कदमको विरोध गरिहँदा धर्मका बारेमा जनमत संग्रह माग गर्न सक्नु पर्छ । नभए कांग्रेसमा नेता प्रधान पार्टी बन्नेछ, जनमत र एजेण्डाको कुनै अर्थ रहने छैन् ।
त्यसका लागि कांग्रेसले सोमबारको विरोध प्रर्दशन सँगै जनमत बुझ्न नेता तथा कार्यकर्ता गाउँ–गाउँ परिचालन गर्न ढिलाई गर्नु हुदैन् । यदि ओलीको कदमको विरोधका लागि विरोध मात्र गरिरहने हो, भने मुलुकको राजनीतिक भविष्य कुहिरोको काग सावित हुनेछ । संसद विघटनसँगै मुलुकमा राजनैतिक निकास ननिस्कए, नेकपाको सत्ता मोहले निम्ताएको मुलुकको अन्यौलग्रस्त अवस्थाको जिम्मेवारी कस्ले लिने ?
(लेखक,कामना अनलाईनका स्तम्भकार एवं राजनैतिक विश्लेषक हुनुहुन्छ ।)
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक