Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकामा एकैदिन १ हजार २१५ संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन १ हजार २१५ संक्रमितको मृत्यु


अमेरिकामा एकैदिन १ हजार २१५ संक्रमितको मृत्यु
फेसबुकको सहयोगमा

काठमाडौँ अमेरिकामा एकैदिन १ हजार २१५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४१ हजार १३८ पुगेको छ ।
यस्तै त्यहाँ १ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७४० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख ९५ हजार ८७५ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ७७ लाख ३६ हजार ८३४ जनामध्ये २८ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक