काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई मध्यावधि निर्वाचनको सपना नदेख्न आग्रह गरेका छन् । संसद् विघटनविरुद्ध मंगलबार भृकुटीमण्डपमा आयोजित सभामा उनले कांग्रेसतर्फ संकेत गर्दै यस्तो आग्रह गरेका हुन् ।
“कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजन भएको । मध्यावधि निर्वाचन भइहाल्यो भने जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोज्या कुरा पनि सुनिन्छ,” अध्यक्ष प्रचण्डले कांग्रेसतर्फ संकेत गर्दै भने, “म ती साथीहरुलाई त्यस्ता सपना नदेख्न, दुस्वप्न हो भन्ठान्छु । यो हुनेवाला चुनावको घोषणा भएकै होइन । यति तथ्य भन्दाभन्दै पनि भ्रममा पर्यौं भने हामी बर्बाद हुन्छौं, नेपाल बर्बाद हुन्छ ।” उनले चुनाव हुन्छ भन्नेमा प्रधानमन्त्री केपी ओलीलाई समेत विश्वास नभएको पनि उनले बताए । हुँदा-खादाको बहुमत बिगार्नेले चुनाव गराउँछन् भन्नेमा विश्वास नगर्न पनि आग्रह गरे । वैशाखबाट उता ओली प्रधानमन्त्री नरहने र उनको पत्तासाफ हुने पनि प्रचण्डले बताए । वैशाखमा चुनाव नहुने उनले ठोकुवा पनि गरे ।
त्यस्तै, उनले संसद् पुन:स्थापनापछि दुई वर्ष चुनाव भई नै हाल्ने, नेकपा फुटिहालेको कारण कांग्रेस ढुक्कै बसे हुने भन्दै उनले कांग्रेसलाई आश्वस्त पार्न खोजे । “संविधान जोगाए चुनाव पनि जित्नुहोला । किन आत्तितनुहुन्छ,” उनले भने ।
प्रधानमन्त्रीले चाह्यो भने जतिबेला पनि संसद् विघटन गर्ने नजिर बन्न दिन नहुनेमा पनि उनले जोड दिए । उनले सबै राजनीतिक दलको जिम्मेवारी संसद् विघटनको प्रतिगामी कदम सच्याउनु रहेको भन्दै त्यसका लागि अन्य दलसँग सहकार्य गर्न पनि उनले आग्रह गरे ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण