Logo

मंगलवार, भाद्र ९ गते २०८३

चिनियाँ टोलीको नेपाल भ्रमण सार्थक वा निरर्थक ?

चिनियाँ टोलीको नेपाल भ्रमण सार्थक वा निरर्थक ?

  • 3.5K
    SHARES

  • चिनियाँ टोलीको नेपाल भ्रमण सार्थक वा निरर्थक ?

    सत्तारुढ दल नेकपाको घर झगडा छताछुल्ल भएपछि मिलाउन नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग उप–प्रमुख सहितको टोलीको चार दिने नेपाल भ्रमण कति सार्थक रह्यो त ? अघिपछि यस्ता भ्रमणलाई दुई देशिय समवन्धमा प्रगाढता ल्याउन गरिएको दाबी गरिने गरेको भए पनि यसपटक भने कसैले त्यस्तो दाबी गर्न सकेका छैनन् । 
    किनकी भ्रमण आफैमा कुनै तयारी बिना आन्तरिक मामलालामा हस्तक्षेपकारी देखियअ‍े । एउटा परिपक्क देशको नेतृत्व कुनै देशको एउटा समुहको आन्तरिक मामलामा (नेकपाको विभाजन रोक्न) आकस्मिक रुपमा नेपाल भ्रमण आएको थियो । उक्त टोलीको मिसन नेकपाको विभाजन रोक्नु भएपनि सफल हुन सकेन् । त्यसैले उक्त भ्रमणलाई कतैबाट पनि प्रगाढ समवन्धको दाबी गरिएको छैन् । चिनियाँ टोलीको भ्रमणलाई नेकपा झगडा मिलाउन आएको भनेर चर्चा परिचर्चा भैरह्यो । भ्रमण टोली जुन उद्देश्य लिएर आएको भएपनि नेकपाका नेताहरूसँगको भेटघाट र परामर्शले झगडा मिलाउन आएको पुष्टि भएको छ । 

    उक्त टोली जुन मिसन लिएर आएको थियो त्यो पूरा नै हुन नसकेपछि नेकपाका नेताहरूलाई मिलेरै भएपनि निर्वाचनमा जानु भन्ने सुझाव दिएर फर्किएको समाचार सार्वजनिक भएको छ । चिनियाँ टोली नेपाल आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटगरी आफ्नो मिसनबारे जानकारी गराएको थियो । तर मिसनले मूर्त रुप पाउन सकेन् । राष्ट्रपति भण्डारीले चिनियाँ टोलीसँगको भेटघाटमा ऐतिहासिक उपलब्धी नेता प्रचण्ड कै कारण गुम्ने मार्गमा उन्मुख भएको भएको जानकारी गराएको अपुष्ट भनाई सार्वजनिक भएको छ । साथै प्रचण्डको महत्वाकाँंक्षा नै विभाजनको कारण रहेको जानकारी गराइएको हो, भन्ने सम्मका अभिव्यक्ति उजागर भएको सार्वजनिक भैरहेको छ छ । 

    एक वर्षअघिसम्म नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीच समवन्ध विस्तार भएको जानकारी गराउदै भर्चुअल बैठक गरेर नेकपाका सिमित नेता तथा कार्यकर्तालाई सहभागी गराईएको थियो । तर यतिवेला उक्त समवन्धले प्रगाढता कायम गर्न नपाउदै एक अर्का प्रतिको विश्वास धरापमा परेको छ । दुई पार्टी बीचको समवन्धलाई नेकपा नेताले ‘सी पथ’को अभ्यास भनेर दाबी गरेका भएपनि यतिवेला चिनियाँ कम्युनिष्ट पार्टीको मिसन भ्रमण असफल भएपछि उक्त समवन्धले निरन्तरता पाउँछ वा पाउदैन् भन्ने जिज्ञासा हुन थालेको छ ।
     
    टोली नेपाल आउँदासम्म नेकपाको घर झगडा मिलाउन सकिन्छ भन्ने विश्वास लिएर आएको भएपनि फर्किदा आफुले अपेक्षा गरे भन्दा फरक नतिजाको अनुभुत गर्न पुगेको छ । टोलीले नेपाल बसाई क्रममा राष्ट्रपतिको अभिभावकीय भूमिकालाई विश्वास गरेर मिलाउँन प्रयास गरेपनि भण्डारीको एकपक्षिय भुमिका अनुभव गरेको बुझिएको छ । विभाजनको कारण विदेशीको स्वार्थ केन्द्रित चलखेल रहेको हुनसक्ने अनुमान गर्दै चार दिनको बसाई पछि बुधबार टोली फर्किएयो । नेकपाका नेताहरूस मिल्न सक्ने केही ठाउँ बाँकी छ ? भन्ने जिज्ञासा समेत टोलीले गरेको जानकारी हुन आएको छ । त्यसमा आफ्नो भूमिकाले केही गर्न नसक्ने अवस्थामा पुगेको अप्रत्यासित जवाफ नेताहरुबाट पाएपछि टोली नेकपाको फुट टार्न नसकिने ठहर गर्दै फर्किएको छ । 

    टोलीका नेता यचौले आफ्नो भ्रमणलाई अनौपचारिक भएको जानकारी गराउदै नेकपा नेता र नेपाली कांग्रेसका नेतासँग भेटघाट गरे ।  अन्तर पार्टी बीचको समवन्धलाई ध्यान दिदै प्रम्ख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई पनि भेट गरे । उक्त भेटमा संस्थापक नेता बीपी कोईरालासँगको समवन्धलाई समेत स्मरण गरेको जानकारी हुन आएको छ । 

    टोली आएकै दिन राष्ट्रपति भण्डारीसँगको भेटपछि त्यही राती प्रधानमन्त्री कार्यालय बालुवाटार प्रधानमन्त्री केपी ओलीलाई भेट्न सफल भएको थियो । हालै मात्र परराष्ट्र नीति–२०७७ जारी गरेर परराष्ट्र समवन्धलाई व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरिपनि चिनियाँ टोलीको अकास्मिक भ्रमणबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । टोलीको नेपाल भ्रमणलाई भारतीय मिडिया र परराष्ट्रविद्ले नेपालमा चीनको बढ्दो प्रभाव भनेर अभिव्यक्ति र समाचार प्रकाशन प्रशारण गरिरहे । आफैमा यस अघि भारतीय पक्षका आरोपलाई यस पटकको चिनियाँ टोलीको भ्रमणले पुष्टि पनि गरेको छ । 

    नेपाल मामलाका जानकार जनरल अशोक मेहताले ‘द ट्रिव्यिुन’मा एक लेख मार्फत नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको प्रमाणका रुपमा चिनियाँ टोलीको नेपाल भ्रमणलाई प्रस्तुत गरे । त्यसै गरी पूर्व राजदूत एवंम विदेश सचिव श्याम शरणले नेपालमा चिनियाँ रणनीति फेल भएको टिप्पणी गरे । उनले नेपालको वर्तमान संसद विघटन हुनुमा विदेशी प्रभाव रहेको भनाई सार्वजनिक गरे । उनले यतिसम्म भने, ‘नेपालमा अहिले देखिएको विवाद चिनियाँ र अमेरिकी प्रभावको टकराव हो । भारत उक्त टकरावमा बीचमा पर्न आवश्यक छैन् ।’ टकराव जस्का कारण भएपनि संसद विघटनले नेपालको mला्कतान्त्रिक अभ्यास अवरोध र कलंकित हुन पुगेको छ । त्यसका लागि नेपाली नेतृत्व नै जिम्मेवार हुनुपर्छ । नेतृत्वको अपरिपक्ताले नेपालको आन्तरिक मामलामा विदेशी हस्तक्षेप र चलखेल बढदै गएको तथ्यलाई अस्वीकार गर्ने अवस्था छैन् । 

    यद्यपी भारतले नेपालको बढ्दो चिनियाँ प्रभावका कारण नेपाल आफ्नो प्रभावबाट मुक्त हुन्छ की, भनेर नयाँ रणनीति बनाउदै आएको छ । भारतले मात्र नभएर अमेरिकाले समेत नेपालमा आफ्नो प्रभावमा शिथिलता आउन नदिन भारतसँग मिलेर विभिन्न रणनीति अपनाउदै आएको छ । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीको आकस्मिक नेपाल आएर नेकपाको विवाद रोक्न अग्रसर भएको अनुमान गर्नेहरु पनि छन् । त्यसैले चिनियाँ टोलीको नेपाल भ्रमण भारत र अमेरिकी संचार माध्यमका लागि चासोको समाचार बन्न पुग्यो । 

    चिनियाँ टोलीले नेकपा नेताहरुलाई तपाईंंहरु मिलेर जानु पर्छ भन्ने सुझव प्रकट गरेको हुनपर्छ । जानकारीमा आए अनुसार उक्त सुझाव सहित चिनियाँ टोली बालुवाटारमा प्रस्तुत भैरहँदा त्यो संभावानाको ढोका बन्द भएको जवाफ बालुवाटारले दिएको बुझिएको छ । यस पटक चिनियाँ टोलीले नेपाल आउँदा नेपाल सार्वभौम सत्ता समपन्न राष्ट्र हो, भन्ने तथ्य विर्सिएको देखिएको टिप्पणी समेत भएको छ । कुनैबेला बीपी कोइराला प्रम रहँदा नेपाल आएका तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउएन लाई नेपाल भ्रमण गर्दा नेपाललाई सहायता गर्दा आफुले भारतले उपलब्ध गराए जति रकम (१८ करोड)  सहयोग गर्न सक्ने हैसियत आफुसँग भएपनि नेपाल र भारत समवन्धलाई ध्यान दिएर भारतले भन्दा कम सहयोग (१३ करोड) गर्न चाहेको अभिव्यक्ति उदृत गर्दै परराष्ट्रविद डा. दिनेश भट्टराईले यसपटक चीनले आफ्नो समवन्ध र सिमा विर्सिएको बताए । उनले भने, ‘नेपालमा चीनले भारतसँगको समवन्धलाई लिएर प्रतिष्पर्धा जानु हुदैन् भन्ने आशय तत्कालिन नेतृतवको थियो । तर यतिवेला जसरी भएपनि नेपालमा प्रभाव जमाउन अग्रसर देखिएको छ ।’ भारतलाई ओभरटेक नै गरिसक्यो । नेपालमा चाईनाको पोलिसी बदलिएको उनको बुझाई छ । नेपाल समवन्धमा चीन, भारतसँग प्रतिष्पर्धारत देखिएको उनको अनुभव छ । नेपाली कांग्रेस सहित अन्य पार्टीको पनि फुटेको विगत छ, तर त्यसरी अन्य देशका उच्च पदाधिकारी आएर मिल्न खुलमखुल्ला दवाब दिएको जानकारी नरहेको भट्टराईले बताए । 

    टोलीले एकपछि अर्का नेकपा नेता प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई भेटघाट गरेको थियो । टोलीले मिलर निर्वाचनमा जान सि जिनफिङको सन्देश रहेको सुनाए पनि नेपाली नेताहरुले उक्त सन्देशलाई व्यवहार त आत्मसात् गर्न सकेनन् । नेपालको सत्तासँग सधै नजिक रहेको चीनको कम्युनिष्ठ पार्टी र सरकार यस पटक सत्तासीन नेकपा भित्रको विग्रहले आफ्नो रणनीति असफल रहेको निष्कर्षमा पुगेको अनुमान गरिएको छ । किनभने नेपालसँगको समवन्ध चीनका लागि मैत्री समवन्ध भन्दा पनि प्रतिरक्षात्मक हुने गरेको छ । पंचायती सरकारका बेला चीन विरुद्धको विद्रोह (खम्पा विद्रोह) लाई सघाएको नेपाल सरकारको गुन उनीहरुका लागि अविस्मरणीय छ । तर पछिल्ला दिनमा ‘फ्रि तिब्वत’ गतिविधीले नेपालमा प्रश्रय र आश्रय नपाओस भन्ने उनीहरुको चाह हो । त्यही विश्वासले दिगो समवन्ध कायम गर्न नेपाल कम्युनिष्ट पार्टीसँग चिनियाँ कम्युनिष्ट पार्टीले भगिनी समवन्ध विस्तार गर्न चाहेको बुझ्न सकिन्छ । तर नेकपाको विग्रहले त्यो विश्वासमा आघात भएको छ । नेपाल सरकारले सधै एक चीन नीतिमा प्रतिवद्धता जनाउदै विश्वास पनि दिलाउदै आएको छ । चाहे पंचायती कालमा होस वा बहुदलका बेला । तर बदँलिदो भूराजनीतिक परिवेशका कारण त्यो भन्दा अघि बढेर चिनियाँ पक्षले नेकपासँग आस्थाका हिसावले समवन्ध विस्तार गर्न चाहेको सजिलै बुझ्न सकिन्छ । 

    प्रतिनिधिसभा विघटन लगत्तै चिनियाँ राजदूत र होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनालसम्मलाई भेट गरे पनि नेकपाको विभाजन रोक्न पहल गरेकी थिईन् । आफ्ना तर्फबाट गरिएको पहल र प्रयास सफल नभएपछि उच्च स्तरिया टोली उनैले निमन्त्रण गरेको अनुमान गरिएको छ । 

    नेकपाका नेताहरुले चिनियाँ टोलीसँग पार्टी विभाजनबारे एकले अर्को समूह दोषी रहेको देखाउन तत्पर रहे । तर आफ्नो प्रगाढ समन्ध देखाउन भएपनि नेकपाको कुनै पक्ष विभाजन रोक्न त्यागका लागि तयार भएनन् । कोभिड महामारीका बीच आएको चिनियाँ टोली अन्नत र आफ्नो प्रयास निष्प्रभावी भएको अनुभव लिएर ४ दिनको भ्रमण पुरा गरी फर्किनु प¥यो । यस पटक नेपाल आएको चिनियाँ टोलीको निरर्थक प्रयासको मुल्य नेकपाले आगामी दिनमा कसरी पूर्ति गर्ला ? त्यो पनि जिज्ञासाको विषय भएको छ । नेकपाको विभाजन रोक्न आएको चिनियाँ टोलीको मिसन असफल भएपछि फर्किनु परेको नमिठो अनुभवलाई चीनमा रहेका नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले नेपाल प्रतिको चिनियाँ विश्वास कसरी आर्जन गर्लान् ।
     
    राजदूत पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बीच गतवर्ष कार्यकाल नसकिदै पूर्वराजदूत लीलामणी पौडेलाई फिर्ता बोलाएर चीन पठाएका थिए । लिलामणीको कार्यकालमा चीनका राष्ट्रपति सी जिनफिङलाई एक दिने भएपनि नेपाल भ्रमण गराउन सफल रहेको थियो । पाण्डेको कार्यकालमा नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली नमिठो अनुभव लिएर फर्किएको छ ।  एक वषर््ाअघि भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाली नेतृत्वलाई ‘जनताको मन जितेर शासन सत्तामा बस्न सक्नु पर्छ ।’ भनेका थिए । तर उनको सुझावलाई नेकपा नेतृत्वले विर्सिएर विभाजनसँगै जनताको मनबाट बर्हिगमन हुने निश्चित भएको छ । नेकपाको फुटको प्रभाव दुई देशका बीच परराष्ट्र समवन्धमा पर्ला वा नपर्ला जिज्ञासाको अर्काे विषय भएको छ । 

    (लेखक, कामना अनलाईनका स्तम्भकार एवंम राजनैतिक विश्लेषक हुन् ।) 

    • आइतवार, पौष १९ २०७७१२:०६:०४
    सम्बन्धित समाचार
    विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक