चितवन। नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहका नेता शंकर पोखरेलले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।
सोमबार भरतपुरमा आयोजित ओली पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रचण्डको ओचना गरेका हुन् ।
भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न ।’
नेता पोखरेलले प्रचण्डले ‘जतिपटक चुनाव हुन्छ, त्यतिपटक निर्वाचन क्षेत्र फेर्ने’ आरोप समेत लगाएका छन् । उनले भने, ‘पहिलो संविधानसभामा रोल्पाबाट चुनाव लड्नुभयो, दोस्रो संविधानसभामा रोल्पा जाने आँट भएन । सिरहा पुग्नुभयो ।’ ‘सिराहामा के हालत भयो सबैलाई सम्झना छ । संविधान जारी भएपछि चुनाव लड्नुपर्यो, सिराहा जाने आँट भएन, चितवन आइपुग्नुभयो । चितवनमा चुनाव जित्न कमरेड केपी ओलीको साथ चाहियो ।’
यसबाहेक नेता पोखरेलले कुनै पनि ठाउँका जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र रहेको भन्दै उनले भने, ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न, अरु कुनै ठाउँमा जानुहुन्छ ।’
नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली सपना देखाउने र सपनाको पछाडि कुद्ने नेता भएको आरोप समेत लगाएका छन् ।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी