Logo

बुधवार, भाद्र १० गते २०८३

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस


संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस गरेका छन् । संसद् सचिवालयका सह(प्रवक्ता दशरथ धमलाले बिडारीले विरोधको सूचना पेस गरेको जानकारी दिए ।
 
कुनै अध्यादेश पेस भएपछि सो अस्वीकार गरियोस् भनी राष्ट्रियसभा सदस्यहरुले विरोधको सूचना पेस गर्न पाउने  व्यवस्था छ । सोहीअनुसार बिडारीले विरोधको सूचना पेस गरेका हुन् । मंसिर ३० गते संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा सरकारले सो अध्यादेश सभामा पेस गरेको थियो ।राष्ट्रियसभा सदस्य बिडारीले ‘संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्त्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति(पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्त्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमै प्रहार हुने भएकाले राष्ट्रियसभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव’ पेस गरेका हुन् । संवैधानिक परिषद् बैठकमा कोरम नपुगेपछि सरकारले तत्काल बहालमध्येको बहुमतले बैठक बस्न र निर्णय गर्नए सक्नेगरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशअनुसार विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको सिफारिससमेत भएका छन् । 

अध्यादेश खारेजी र नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट विचाराधीन अवस्थामै छ ।

कामना न्यूज

  • मंगलवार, पौष २१ २०७७०२:१३:५१
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण