Logo

बुधवार, भाद्र १० गते २०८३

केपी ओली इमान्दार तानाशाह: बाबुराम भट्टराई

केपी ओली इमान्दार तानाशाह: बाबुराम भट्टराई


केपी ओली इमान्दार तानाशाह: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन्।झापा विद्रोहपछि जेलबाट निस्केका ओली त्यसपछिका दिनमा सधैं परिवर्तन विरोधी रहेको भट्टराईको आरोप छ।

नेकपा प्रचण्ड(नेपाल पक्षले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्रदेखि संघीयतासम्मको विरोधी भएको आरोप लगाए।केपी ओली सवै परिवर्तनका विरोधी हो। नेकपाका साथीहरूले अहिलेसम्म कसरी बोकेर यहाँसम्म ल्याउनुभयोरु,’ उनले प्रश्न गरे, ‘यो कुरा उहाँले लुकाउनुभएको छैन, त्यसकारण उहाँ इमान्दार तानाशाह हो।’

प्रधानमन्त्री ओलीले पुस ५ मा नियोजित ढंगले प्रतिनिधि सभा भंग गरेको पनि उनको भनाइ छ। अस्थिरतामा खेल्न चाहेकाहरूको मतियारका रूपमा प्रधानमन्त्री ओली देखिएको उनले बताए।उनले प्रतिनिधि सभा अझै पनि जीवित रहेको बताएका छन्। दुई तिहाइ सरकार चलाउन नसक्नेल अब चुनाव नगराउने पनि भट्टराईको भनाइ थियो। उनले थपे, ‘केपी ओली राजनीतिक क्यान्सर हुन्।’

 

कामना न्यूज

  • बुधवार, पौष २२ २०७७०७:१३:३३
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण