काठमाडौँ । लकडाउनसँगै बन्द भएको काठमाडौको “फनपार्क” बिहिबारदेखि खुलेको छ । धेरैपछि खुलेको भएपनि पहिले जस्तो चहलपहल भने देखिएको छैन ।

कुनै समय खेलको लागि मान्छेहरु लाइन लागेर बस्नुपर्ने बाध्यता रहेको भएपनि अहिले भने फनपार्कका सबै रमणीय खेलहरुले ग्राहक कुरेर बसिरहेका छन् ।

कुनै समय यो पिंङमा पालो पाउनको लागि घाममा पालो कुरेर बस्नुपर्ने हुन्थ्यो तर अहिले भने पिङले ग्राहक कुरेर बसिरहेको छ ।

पार्कभित्रका कर्मचारीहरु भने केही समय अघिदेखि आएपनि सर्वसाधारणको लागि बिहीबारबाट खुलेको हो ।

सबै क्षेत्र खुकुलो र कोरोना जोखिम केही कम भएसँगै फर्नपार्क सञ्चालन गर्ने निर्णय गरेको फनपार्ककका कर्मचारी जोन शाही ठकुरीले बताए । उनले भने ‘बल्ल खुलेको छ सबैले थाहा पाएका छैनन्, सुरु सुरु भएपनि मान्छेहरु आईरहेका छन्, विस्तारै बढ्नेमा हामी ढुक्क छौँ ।’ ‘हामीले स्वास्थ्य मापदण्ड पुरा गरेर पार्क सञ्चालनमा ल्याएका छौ ।’ उनले भने ।






११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ