२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।
पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । सीतासँग उनका छोरीहरु छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक