Logo

बुधवार, भाद्र १० गते २०८३

मन्त्री हुन समूह परिवर्तन गरेको होइन : मन्त्री थापा

मन्त्री हुन समूह परिवर्तन गरेको होइन : मन्त्री थापा


मन्त्री हुन समूह परिवर्तन गरेको होइन : मन्त्री थापा

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताएका छन् । मुलुकलाई स्थायित्वमा लैजान सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको दाबी गर्दै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे । रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा उनले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु देश पछाडि धकेलिनु भएको बताए । 

संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए । उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिए ।

सञ्चारकर्मीले सोधेका एक जिज्ञासामा उनले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गरे । “वर्तमान सङ्कटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन”, उनले भने ।

उनले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेकाले पार्टीको वैधानिकता पाउने जिकिर गरे । आफूले जीवनमा कसैलाई पनि धोका नदिएको मन्त्री थापाको भनाइ थियो । 


बहुमत प्राप्त सरकार हुँदा पनि सही ढङ्गले सञ्चालन हुन नसक्दा उक्त निर्णय लिएको उनको भनाइ थियो । “पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको हो”, उनले थपे, “यो राजनीतिक निर्णय हो कानूनी निर्णय होइन, राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।” 

उनले बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने कुरा गर्नु उनको अधिकार भएकाले अन्तरराष्ट्रियरुपमा नै उक्त निर्णय गलत नहुने बताए । संसद् पुनःस्थापना भने हुनै नसक्नेमा उनको जोड छ ।

रासस

कामना न्यूज

  • शनिवार, पौष २५ २०७७०१:५७:४६
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण