काठमाडौं । खानेपानीमन्त्री मणि थापाले राजनीतिक अस्थिरताले राष्ट्रियता सङ्कटमा परेको बताएका छन् । उनले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकद्वारा आज बनेपामा आयोजित अगुवा कार्यकर्ता भेला एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै हाल नेपाली राष्ट्रियता सङ्कटमा परेको बताउँदै राजनीतिक आन्दोलन सकेर समृद्धितर्फ उन्मुख देशको अभियान रोकिएकामा चिन्ता व्यक्त गरे ।
“देश समृद्धिका लागि आर्थिक क्रान्तितर्फ उन्मुख भइरहेका बेला राजनीतिक अस्थिरताले राष्ट्रियतालाई सङ्कटमा पार्यो, निर्वाचनबाट पुनः एकपटक राजनीतिक आन्दोलन सकेर राष्ट्रियता जोगाउनुपर्छ”, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले भने ।
समाजवादको नारालाई साकार पार्न एउटा कम्युनिष्ट पार्टीले नसक्ने भएपछि दुई कम्युनिष्ट एक भएको स्मरण गर्दै उनले एकै पार्टीका नेता एकले अर्कालाई खुइल्याउन चोटिलो प्रहार गर्नुपर्ने र देशलाई अस्थिरतातर्फ लैजान को–कसले भूमिका खेल्यो गम्भीरतापूर्वक खोजबिन गर्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री थापाले देशले आर्थिक क्रान्ति, स्वतन्त्रता र रोजगारी खोजिरहेको बताउँदै समाजवादतिर जान चाहने शक्ति कमजोर बनाइएको आरोप लगाए ।
रासस
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण