Logo

बुधवार, भाद्र १० गते २०८३

पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊन ,प्रचण्ड–माधव समूहको प्रधानमन्त्रीलाई चेतावनी

पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊन ,प्रचण्ड–माधव समूहको प्रधानमन्त्रीलाई चेतावनी


पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊन ,प्रचण्ड–माधव समूहको प्रधानमन्त्रीलाई चेतावनी

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए ।नेकपा प्रचण्ड–माधव समूहले भने प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गरियोस् ।’

कामना न्यूज

  • आइतवार, पौष २६ २०७७०८:१४:४१
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण