काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापालेले घुमाउरो तरिकाले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई साथ् दिएका छन् । शेरबहादुर देउवाले संसद बिघटन सविघान संविधान विरोधी कदम भए पनि यो मुद्दा अदालतमा विचाराधिन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए ।
संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले मोटो आँखाले हेर्दा ओलीको कदम प्रजातन्त्र विरुद्धको कदम हो, संविधान विरुद्धको कदम हो ।
तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने उनले बताए । उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’
अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने सभापति देउवाले बताए । उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ र ?
तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले बताए ।
धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।
तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने उनले बताए । उनले भने, ‘त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ । तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने विश्वास व्यक्त गरे ।
यस्तै गरि राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनमा आफु केही टिप्पणी नगर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनमा आफ्नो कुनै प्रतिक्रिया नरहेको र यसको व्याख्या सर्वोच्चले गर्ने उहाँको भनाई छ ।
नेकपा नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै उहाँले ताजा जनादेशको लागि चुनावमा जान उपयुक्त हुने बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष थापाले संवैधानिक राजतन्त्र पुनःस्थापना पार्टीको पहिलेदेखिको एजेण्डा भएको बताउनुभयो । यही एजेण्डा लिएर आफूहरु जनतामा जाने उहाँको भनाई छ ।
राष्ट्रियसभाको सातौं अधिवेशनमा के-के भयो ?
राष्ट्रियसभाको सातौं अधिवेशन पुस १७ गते आह्वान भएको थियो । आजबाट चालु अधिवेशन सकिएको छ । सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बस्यो ।
सातौं अधिवेशनको पहिलो बैठक पुस १७ गते शुक्रबार बसेको थियो । पुस २६ गते आइतबारसम्म जम्मा १० दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका चार दिनमा चारवटा बैठक बसी सात घण्टा पाँच मिनेट सभा चलेको थियो ।
यस अधिवेशन अवधिमा सभामा सातवटा अध्यादेश पेस भएका छन् । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र
समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस भएको छ
सातौं अधिवेशनले राष्ट्रियसभाका समितिहरूको गठनसम्बन्धी आदेश, २०७७ सर्वसम्मतिबाट अनुमोदन गरेको छ । त्यस्तै, यसै अधिवेशनले वामदेव गौतमलाई राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गर्योग
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक