१२ कात्तिक, कामना ।
नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा थापाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेका छन् ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो । नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहालीसमेत गराउने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।
सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका थिए । त्यसैले बिहीबार सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ