Logo

बुधवार, भाद्र १० गते २०८३

नेपाल–भारतको हैसियत समान देशको हो, दाजु–भाइको नाता होइन’

नेपाल–भारतको हैसियत समान देशको हो, दाजु–भाइको नाता होइन’


नेपाल–भारतको हैसियत समान देशको हो, दाजु–भाइको नाता होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत समान हैसियतको देश भएको भन्दै ‘वडा र छोटा’ भाइको नाताको रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् । एक भारतीय टेलिजिनलाई दिएको अन्तरवार्ताका क्रममा ओलीले दुवै मुलुक सार्वभौम रहेको बताएका छन् ।

ओलीले भनेका छन्, “भुगोल र जनसंख्यामा ठूलो र सानो हुनसक्छ । तर, हामी सदैव सार्वभौम समानताको कुरा गर्छौ । अर्थात हामी साना ठूला होइनौं । आकारमा सानो ठूलो हुन सक्ला । तर, राष्ट्रका रुपमा सानो ठूलो हुन सक्दैन ।”प्रधानमन्त्री ओलीले वर्तमान समय औपनिवेशिक युग नभएको बताउँदै स्वाधिनता र पारस्परिक सम्मानको युगसमेत बताए ।

दुवै देशले एकअर्काको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “हामी चाहन्छौं हामी दुई सार्वभौमसत्ता सम्पन्न देश, दुई छिमेकी देश, जो एक क्षेत्रमा रहन्छन् । हाम्रो सम्बन्धलाई त्यही अनुरुप बुझ्नपर्यो । यो पुरानो जमाना होइन । यो औपेनिवेशिक युग होइन ।”

अन्तरवार्ताका क्रममा ओलीले नेपालले चीन र भारत दुवैलाई समान दृष्टिबाट हेरिरहेको बताएका थिए । उनले चीन र भारतबीच रहेको दूरी हटाउन नेपालले मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने र त्यसका लागि तयार रहेको पनि बताएका थिए । 

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७१२:१०:३६
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण