Logo

बुधवार, भाद्र १० गते २०८३

'नेकपा'बारे भट्टले गरे अनौठो भविष्यवाणी, तीन महिनापछि हुनेछ यस्तो !

'नेकपा'बारे भट्टले गरे अनौठो भविष्यवाणी, तीन महिनापछि हुनेछ यस्तो !


'नेकपा'बारे भट्टले गरे अनौठो भविष्यवाणी, तीन महिनापछि हुनेछ यस्तो !

काठमाडौं । विभाजन उन्मुख नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट समूहका नेताहरुबारे अनौठो भविष्यवाणी भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालहरुबारे एक जना मन्त्रीले कसैले नसोचेको भविष्यवाणी गरेका हुन् । उनी हुन लेखराज भट्ट ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा छन् । सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री । ओली समूहको इन्चार्ज भट्टले कञ्चनपुर पुगेर ३ महिनापछि नेकपा एक बन्ने भविष्यवाणी गरेका हुन्

। भट्टले पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालहरु आगामी ३ महिनाभित्र पार्टी एकता गरौं भनेर बालुवाटार आउने बताएका हुन् । ‘हामीले सबै कमरेडलाई एकत्रित गर्यौभ भने प्रचण्ड माधव नेपाल झलनाथ खनाल लगायत कमरेडहरु ३ महिनापछि बालुवाटारमा आएर एकता गरौ भन्नुहुन्छ ।

मैले देखेको कुरा यहीँ हो,’ उनले भने, ‘तर त्यसका लागि हामीले तल हाँगाविगा सबै काटेर माथि केही नरहनेगरी एक्ल्याइदियो भने आफै आउनुहुन्छ । त्यो स्थिति पैदा गरौं ।’

भट्टले प्रचण्ड-नेपाल समूहलाई एक्ल्याउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान पनि गरे । ‘अब माइतीघरमा बस्ने, सडकमा जानेहरुलाई कसरी एक्ल्याउने भन्ने सोच्नुस् । हरेक व्यक्तिलाई तान्नुस् । यो रणनीतिमा जानुपर्छ ।’

आफूहरु निर्वाचन र पार्टीको विधि निर्माणको अभियानमा रहेको भन्दै भट्टले भ्रम परेका र स्खलित भएकाहरुलाई भ्रम मुक्त गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

कामना न्यूज

  • मंगलवार, पौष २८ २०७७०३:५३:३०
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण