Logo

बुधवार, भाद्र १० गते २०८३

पार्टी विवाद प्रभावित पार्न निर्वाचन आयोगका कर्मचारीको रातारात सरुवा

पार्टी विवाद प्रभावित पार्न निर्वाचन आयोगका कर्मचारीको रातारात सरुवा


पार्टी विवाद प्रभावित पार्न निर्वाचन आयोगका कर्मचारीको रातारात सरुवा

काठमाडौं । नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कर्मचारीको सरुवा भएको छ ।

आयोगको कानुन तथा राजनीतिक दलसम्बन्धी महाशाखाका प्रमुख लक्ष्मीप्रसाद गौतमको सरुवा भएको हो  । उनको नेपाल कानुन आयोगमा सरुवा भएको निर्वाचन आयोगका एक कर्मचारीले पुष्टि गरे ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूहमध्ये बहुमत जसको छ, उसैको पक्षमा निर्णय हुनुपर्छ भन्ने पक्षमा रहेका गौतमको सरुवा भएको स्रोतको दाबी छ । उनले नै नेकपाको विवाद हेरिरहेका थिए । नेकपाको विवाद प्रभावित पार्न उनको सरुवा भएको स्रोतको जिकिर छ ।

यसैबीच, नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आधिकारिकता विवाद चलिरहेका बेला आयोगका वरिष्ठ कर्मचारीको सरुवाले षड्यन्त्रको आवास भएको भन्दै ट्वीटसमेत गरेका छन् ।

“निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास,’’ उनले ट्वीटमा भनेका छन् ।

निर्वाचन आयोगले दुवै पक्षलाई ७ दिनभित्र आधिकारिकता दाबी गर्न पत्र पठाएको छ । दुवै पक्षले आफ्नो पक्षमा बहुमत रहेको बताए पनि कानुनीरुपमा आधिकारिकता दाबी नगरेको आयोगका पदाधिकारी बताउँछन् ।

कामना न्यूज

  • बुधवार, पौष २९ २०७७०५:२९:४२
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण