Logo

बुधवार, भाद्र १० गते २०८३

प्रतिनिधिसभा विघटन: संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधिसभा विघटन: संवैधानिक इजलासमा बहस सुरु


प्रतिनिधिसभा विघटन: संवैधानिक इजलासमा बहस सुरु

काठमाडौँ – प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै परेका रिटहरुको सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

यसअघि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल ल्याएका थिए ।

न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेपछि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएका हुन् ।

गएको बुधबारदेखि नै रिटमाथि सुनुवाई सुरु हुने भनिए पनि तोकिएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको सहभागितालाई लिएर आपत्ति जनाइएको थियो।

उनको ठाउँमा न्यायाधीश प्रधानलाई ल्याएसँगै अब प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासमा सुनुवाई सुरु भएको हो ।

कामना न्यूज

  • बुधवार, पौष २९ २०७७१२:०७:०८
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण