Logo

बुधवार, भाद्र १० गते २०८३

ओली समूहले आधिकारिकता दाबी गर्नुको अर्थ छैन : नेपाल

ओली समूहले आधिकारिकता दाबी गर्नुको अर्थ छैन : नेपाल


ओली समूहले आधिकारिकता दाबी गर्नुको अर्थ छैन : नेपाल

काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको दाबी गर्नुको अर्थ नरहेको बताएका छन् ।

बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग नेपालले भने, “निर्वाचन आयोगले पत्रमा मागेको जवाफ दिएका छौँ । त्यो सानो गुटले पनि दाबा गरेको छ । त्यसको केही अर्थ भएन । त्यो पार्टी नै होइन । त्यो गुटले दाबी गर्ने आधार छैन । हामी बुझ्दै छौँ ।’’

अध्यक्ष नेपालले प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पदको गरिमा र मर्यादको उपहास गरेको आरोप लगाए । जनताले उनको चरित्रलाई धिकारेको नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले संसद् विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा योजना बनाइरहेको बताए ।

कामना न्यूज

  • बिहिवार, माघ १ २०७७०८:३०:३०
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण