काठमाडौँ- माघको पहिलो साता बाँकेको नेपालगन्जमा अनुहारमा चोट लागेको अवस्थामा मृत भेटिएका राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले नेपालगन्ज-६ का १८ वर्षीय विवेक परियारलाई भक्तपुरको चागुँनारायणबाट पक्राउ गरेको हो। माघ २ गते नेपालगन्ज-१८ स्थित खेतबारीमा २८ वर्षीय प्रविण थापा मगरको शव भेटिएको थियो। उनि राष्ट्रिय अनुसन्धान विभागका सहायक सुचक हुन्।
सीआईबी प्रमुख सहकुल थापाले चार जना मिलेर प्रविणको हत्या गरेको दावी गरे। थापाका अनुसार गाँजा खाइरहेको समयमा प्रविणले आएर हस्तक्षेप गर्ने प्रयाश भएपछि उनीविरुद्ध समूह जाई लागेको थियो। हालसम्म दुई जना पक्राउ परेका छन् भने दुई जना फरार छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ