Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
 
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका–१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
 
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाएको छ । 

कामना न्यूज

  • शुक्रवार, माघ १६ २०७७०८:२८:१९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ