Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

 शनिबार र आइतबार विद्युत काटिने

 शनिबार र आइतबार विद्युत काटिने


 शनिबार र आइतबार  विद्युत काटिने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्‍न ठाउँमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। काठमाडौँको कोटेश्वर, शाँखु, कपन र गोठाटारका विभिन्‍न ठाउँमा शनिबार र आइतबार विद्युत आपूर्ति नहुने भएको हो।

सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार शाँखु फिडर अन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, काठमाडौँ उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा बत्ती जानेछ । यस क्षेत्रमा बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जानेछ।

यस्तै गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ।

यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बत्ती हुने छैन् । यस्तै कोटेश्वर फिडर अन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म बत्ती जाने छ।

कपन फिडर अन्तर्गत निलोपुल र बुढानिलकण्ठ लगायतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।

कामना न्यूज

  • शुक्रवार, माघ ३० २०७७१०:५४:४२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ