Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

गुल्मीको घमिरमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरार

गुल्मीको घमिरमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरार

  • 6.0K
    SHARES

  • गुल्मीको घमिरमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएका लम्साल करोडौँ हिनामिना गरी फरार

    गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम मार्फत करोडौँ रकम हिनामिना भएको खुलेको छ । 

    मेगा बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने एजेन्टको रुपमा काम गर्देै आएका हरिनारायण लम्साल माघ १७ गतेदेखि सम्पर्कका आएका छैनन् । उनले कयौं व्यक्तिसँग पैसा लिएर नक्कली भौचर दिएको तर बैंक खातामा पैसा नै नचढाएर ठगी गरेको भेटिएको छ ।

    अघिल्लो माघमा घमिरका पुर्णबहादुर बुढा मगरले लम्साललाई ५ लाख रुपैयाँ दिएका थिए । मेगा बैंकको खातामा राख्न भनेर दिएको उक्त रकम खातामा नभेटिएपछि लम्सालले ठगी गरेको खुलासा भएको हो ।

    ठगीमा परेका बुढा मगरका छोरा खिमबहादुर बुढा मगर भन्छन– ‘हाम्रो बुबाले खातामा राख्न दिएको ५ लाखको भौचरको फोटोकपी लम्सालले दिएका छन तर खातामा पैसा चढाएको देखिएन ।’

    लम्सालमार्फत् सो क्षेत्रका कयौं व्यक्तिले जम्मा गर्न दिएको पैसा पनि खातामा जम्मा नभएको उनको भनाई छ । खिमबहादुर भन्छन्, ‘अहिले कसैले ५० हजार भन्नुहुन्छ, ४ लाख रुपैयाँ जम्मा गरेको थिए भन्नुहुन्छ । कसैले २० लाख भन्नुहुन्छ । सबै ठगीनुभएको रहेछ ।’

    घमिरकै भोटबहादुर दमाईले  लम्साललाई राख्न दिएकोे ५० हजार रुपैयाँ पनि नक्कली भौचर बनाएर आफैले हिनाबिना गरेको पाइएको छ मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए । घमिरकै कालिका क्षेत्रीको ३ लाख , तुलसा घर्तीको ३० हजार, नातामा बुहारी पर्ने जमुना लम्सालको ११ लाख ६० हजार रुपैयाँ पनि बैकको खातामा नगरी ठगी गरेको पीडितको भनाई छ । दर्जनौं भौचरमार्फत् लाखौं रकम हिनामिना भएको पाएपछि तम्घास शाखाको ब्राञ्च म्यानेजर तेजेन्द्र कार्कीको टोली त्यहाँ पुगेर सो शाखारहित बैंकिङको कारोबार बन्द गराएको छ । कार्कीले के कति ठगी भयो भन्नेबारे चाहिँ खुलाएनन् । बैंकले सुचना नै प्रकाशित गरी लम्सालसँगको सम्झौता रद्द गरेको छ । स्थानीयवासीका अनुसार एक करोडभन्दा बढी रकम ठगी भएको छ ।

    पुरुङकोट घर भएका लम्साल नेपाली काँग्रेसका तर्फबाट सो वडाका वडाध्यक्षका उम्मेदवार हुन् । उनले सो क्षेत्रमा मेडिकल पसल, मनिट्रान्सफर र कम्युनिकेशन कारोबार समेत गर्दै आएका थिए । उनले भानुपोखरामै ३ तले पक्की घर बनाउन  सुरु समेत गरेका थिए ।

    • शुक्रवार, माघ ३० २०७७१२:५७:०९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ