Logo

मंगलवार, भाद्र ९ गते २०८३

बलत्कार आरोपमा प्रचण्ड-माधव समूहका नेता पक्राउ ,स्कुलबाट फर्किरहेकी युवतीलाई सडकमै गरेका थिए जबरजस्ती !

बलत्कार आरोपमा प्रचण्ड-माधव समूहका नेता पक्राउ ,स्कुलबाट फर्किरहेकी युवतीलाई सडकमै गरेका थिए जबरजस्ती !


बलत्कार आरोपमा प्रचण्ड-माधव समूहका नेता पक्राउ ,स्कुलबाट फर्किरहेकी युवतीलाई  सडकमै  गरेका थिए जबरजस्ती !

रसुवा । बलात्कार अभियोगमा प्रचण्ड – नेपाल समूहका एकजना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयबाट फर्किरहेकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेका पूर्व माओवादी नेता २७ बर्षीय रमेश अधिकारीलाई शुक्रवार कालिका गाउँपालिका ३ स्थित निवासबाटै रसुवा प्रहरीले पक्राउ गरेको हो ।

पीडित परिवारका अनुसार विद्यालयबाट फर्किरहेकी किशोरीलाइ बीच सडकमै जबरजस्ती गरेका अधिकारीले नमानेपछि हातपात नै गरेर बलात्कारको प्रयास गरेका थिए । रसुवाका प्रहरी प्रमुख डीएसपी देवेन्द्र पाण्डेका अनुसार किशोरी गत २४ गते ३ बजे विद्यालयबाट घर फर्कदै थिइन् । डाँडाखेतस्थित कच्ची सडकमा मोटरसाइकलमा आएका अधिकारीले किशोरीको संवेदनशील अंगमा समात्दै दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ ।
अधिकारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पूर्व माओवादीको सचिवालय सदस्य अधिकारी नेकपामा रसुवाको जिल्ला कमिटी सदस्य थिए । 

कामना न्यूज

  • शनिवार, फाल्गुन १ २०७७०६:४७:१७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक