काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।
सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि प्रतिक्रिया दिँदै प्रचण्डले ओलीलाई अलिकति पनि लाज छ भने प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘म केपी ओलीलाई भन्न चाहन्छु, यदी तपाईमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन छ भने राजीनामा दिनुस्।
उनले केपी ओलीको धोकामा रहेका पार्टीका सदस्यहरुलाई पनि अब मुल पार्टीमा फर्कन आग्रह गरेका छन्।
उनले भने, ‘केपी ओलीको गफ, भ्रम, धोकामा रहेका सम्पूर्ण पार्टीका साथीहरुलाई भ्रममुक्त हुन अपिल गर्न चाहन्छु। अब केपीको भुलभुलैयामा बस्ने समय छैन। मुल पार्टीमा आउनुस् हामी स्वागत गर्न तयार छौँ।’
अब राजनीतिक दलहरुसँग समझदारी बनाएर नै अगाडि जाने प्रचण्डको भनाइ छ। ‘यो लडाईं कुर्सीको लागि होइन भनेर हामीले जनताका सामु भनेका थियौँ। अब हामी त्यही अनुसार राजनीतिक पार्टीहरुसँग सहमति गरेर अगाडि जानेछौँ,’ प्रचण्डले भने।
सर्वोच्चले साहसिक फैसला गरेको प्रचण्डले टिप्पणी गरे।
संसद विघटनविरुद्ध भोलिका लागि निर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले उक्त सभा विजय र्यालीमा परिणत हुने बताए। साथै उनले भोलि देशभर विजय र्याली गर्न पनि उनले कार्यकर्ताहरुलाई अपिल गरे।
उनले भने, ‘देशभरीका पार्टीका साथीहरुलाई आआफ्नो ढंगबाट विजय र्याली गर्न पनि अपिल गर्न चाहन्छु। अहिले काठमाडौँको माइतिघर लगायत विभिन्न ठाउँमा विजय र्याली तथा दीपावली भइरहेको छ। देश व्यापी रुपमा गर्न अपिल गर्छु। यो नेपाली जनताको जित हो।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी