Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार 

पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार 


पाँच सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार 

काठमाडौँ । नेपाली बजारमा (आइतबार) आज सुनको मूल्यमा गिरावट आएको छ । सुन शुक्रबारको तुलनामा यो दिन पाँच सयले घटेको हो । अघिल्लो साता पनि ओरालो लागेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो। 

gold 111.JPG

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


यस्तो थियो शुक्रबारको कारोबार दर

gold.JPG 

 

कामना न्यूज

  • आइतवार, फाल्गुन १६ २०७७११:१७:०९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ