काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई बक्यौता तिर्न पत्राचार गरेको छ । प्राधिकरणले यी उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको हो ।
२०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम भुक्तानीको लागि प्राधिकरणले ३५ करोड भन्दा बढी विल पठाएको हो ।
उद्योगीले भने उक्त महशुल मिनाहा हुनुपर्ने माग गरिरहेका छन् । ट्रंकलाइन जडान गरेको अवस्थामा उद्योगीले सामान्य लाइनभन्दा ६७ प्रतिशत बढी विद्युत महशुल बुझाउनुपर्ने हुन्छ ।
प्राधिकरणले शुल्क तिर्न ताकेता गरेपछि उद्योगीले भने आफूहरूको माग र सहमति बिनै जडान गरिएको ट्रंकलाइन बापतको महशुल तिर्न नसक्ने बताउँदै शुल्क मिनाहा हुनुपर्ने माग गरेका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ