निफ्रालाई नेप्सेको प्रश्नः बण्ड जारी गर्ने विषय के कति सत्य हो?  

निफ्रालाई नेप्सेको प्रश्नः बण्ड जारी गर्ने विषय के कति सत्य हो?  


निफ्रालाई नेप्सेको प्रश्नः बण्ड जारी गर्ने विषय के कति सत्य हो?  

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले (नेप्से) नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषय सामाजिक सञ्चालमार्फत बाहिरआएपछि स्पष्टीकरण माग गरेको छ । केही दिनअघि बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । 

बण्ड जारी गर्ने यहि विषय सामाजिक सञ्चालमा प्रकाशन भएपछि नेप्सेले ध्यानाकर्षण गर्दै स्पष्टिकरण मागेको हो । नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बताएका छन् ।यसमा केकति सत्य हो ? भन्दै नेप्सेले निफ्रालाई प्रश्न सोधेको छ । यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।

यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्छ । सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर सम्बन्धित निकायभन्दा बाहिरबाट यस्तो विषय बाहिर आएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।

कामना न्यूज

  • बुधवार, चैत्र ४ २०७७१२:४२:१२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ