नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित


नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम तीन अर्बमा सीमित

काठमाडौं । केही समयदेखि ओरालो लागेको नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ४० दशमलव ४० अंकले बढेर २४३२.१५ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ परिसूचक पनि ८.११ अंकले बढेको छ ।

आज सबै समूहको नेप्से परिसूचक हरियो भएको छ । आज नेप्से ८६ लाख २६ हजार ६६७ कित्ताको किनबेचमा तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पनि चन्द्रागिरि हिल्सको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । त्यसैगरी पाँचओटा अन्य कम्पनी  जोसी हाइड्रोपावर, ग्लोबल हेल्थ लिमिटेडलगायतको शेयर मूल्य नौ प्रतिशतभन्दा माथिले बढेको छ ।

यसैगरि आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर (नीफ्रा) बैंकको शेयर कारोबार भएको छ । नीफ्राको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार १८ करोड रुपैयाँको भएको छ ।

कामना न्यूज

  • बुधवार, चैत्र ४ २०७७०३:५८:२३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ