Logo

बिहिवार, भाद्र ४ गते २०८३

सिटिजन्स र तिनाउ मिसन बैंकको एकिकृत कारोबार १४ गतेदेखि

सिटिजन्स र तिनाउ मिसन बैंकको एकिकृत कारोबार १४ गतेदेखि


सिटिजन्स र तिनाउ मिसन बैंकको एकिकृत कारोबार १४ गतेदेखि

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकले आगामी चैत १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले सुचना जारी गर्दै चैत १४ गतेदेखि एकीकृत कारोबार गर्ने जानकारी दिएका हुन् । 

सिटीजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ती गरेर एकीकृत कारोबार गर्न लागिएको हो । प्राप्ती पछि सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडको नामबाट नै एकीकृत कारोबार हुने बताइएको छ । 
यी दुई बैंक बीच गत पुसमा मर्जर सम्बन्धी सम्झौता भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एकीकृत कारोबार गर्न लागिएको हो । 
यसका लागि दुवै बैंकले गत माघ १५ गते गरेको अलग अलग साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । साथै, गत चैत ९ गते राष्ट्र बैंकले पनि एकीकृत कारोबार गर्न स्वीकृति दिएको थियो । त्यसपछि एकीकृत कारोबार गर्न लागिएको हो ।
साथै, एकीकृत कारोबार प्रयोजनका लागि आगमी १३ गतेखि दिउँसो ३ बजेदेखि १४ गतेसम्म नै दुवै बैंकको बैकिङ सेवा बन्द गरिने छ । दुवै बैंकको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डेटा माइग्रेसन गर्नका लागि सो अवधीमा बैंकिङ कारोबार नहुने बताइएको छ ।  

कामना न्यूज

  • मंगलवार, चैत्र १० २०७७११:३७:१०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक