जोशीको मृत्यु, नेपाली समाजका लागि सवक बन्न पुग्यो
शेर बहादुर देउवा,(सभापति, नेपाली कांग्रेस) नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
प्रदिप ज्ञवाली, (परराष्ट्रमन्त्री) केहीदिन पहिले अस्पतालमा भेट्न जाँदा परिवारका सदस्यहरूबाट नवीन्द्रराज जोशीजीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गरेको सुन्दा आशा पलाएको थियो ।तर त्यो आशा क्षणिक मात्रै हुन पुग्यो । लोकतन्त्रका निष्ठावान र अविश्रान्त योध्दाका रूपमा सधै संझिरहने छौं । उहाँको मृत्यु भएको छैन , फेरिपनि लेख्न मन छ यो खबर झुठो हो । तर लेख्नु परेको छ, अल बिदा नविन्द्र दाइ तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ ।
गगन थापा, (नेता नेपाली कांग्रेस) नविन्द्र दाई,हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन।पार्टी संगठनका,विचार अनि विकासका थुप्रै कुरा सिक्न र संगै काम गर्न बांकी थियो।हामीले एक समन्वयकारी,सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं।
विजय कुमार (पत्रकार) नबिन्द्रराज जोशीजी,कांग्रेसको पुरानो त्यागी स्कुलबाट दिक्षीत नेता थिए।गणेशमानजी सिह र किशुनजीबाट शिक्षा त धेरैले लिए तर नबिन्द्रले त्यसलाई ब्यबाहरमा लागु गर्ने सतप्रयासआजिवन गरे। मिडियाबाजी नगर्ने,चुनावमा हराउने जनताको पनि सेवा गर्न नचुक्ने नबिन्द्रजी असल मान्छे थिए। मेरो मनको आदर र श्रद्धांजलि अर्पण गर्दछु ।
प्रेमलाल मर्हजन, (उपभोक्ता अधिकारकर्मी) अंततः वहां रहनु भएन । नेपाली कांग्रेसका स्वच्छ र इमानदार ब्यक्तित्वका धनि नेता नविंद्रराज जोशीको दुःखद निधन भयो । वहाँको आत्माको चीर शांतिको कामना गर्दै शोक संतप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
चरण प्रसाई (मानव अधिकारकर्मी)नविन्द्रराज जोशीजीको निधनले राष्ट्रलाई एक अपूरणीय क्षति भएको छ। वहाँ एक सालिन, मिलनसार, ईमान्दार,सक्षम तथा कर्तव्य निष्ठ नेता हुनुहुन्थ्यो। नविन्द्रजीको अभाव यो मुलुकमा संधै खड्की रहनेछ।
वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।वहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। साथै यस दुखद् घडीमा शोकसंतप्त परिवारप्रति गहिरो संमवेदना प्रकट गर्दछु ।
खिला कार्की, (युवा पत्रकार) भगवानलाई पनि राम्रै मान्छे चाहिने रहेछ । अलविदा नविन दा ।
विपिन किरण (गीतकार) तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा देशले आज एक असल र कुशल नेता गुमाउनु परेको छ।
।अभिषेक प्रताप शाह (युवा सासंद) नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
मृत्यु शाश्वत सत्य हो । जन्मपछि मरण अवश्य छ । महाभारतको युद्धका तथास्तु एवंम बन्दनिय पात्र श्रीकृष्ण पनि सत्यका पक्षपाती रहँदा–रहदै पनि अकल्पनिय मृत्युवरण गर्नु प¥यो । तर मृत्युवरण गरिहँदा मृत्युको कारण के रह्यो भन्ने कुरा प्रमुख रहन्छ । कृष्ण जस्तो त्रिकालदर्शी द्रष्टा समेत व्याधाको निशाना बन्नु प¥यो । त्यसैगरी अहिंसाका पक्षपाती महात्मा गान्धी आफुले चाहेको स्वतन्त्रता प्राप्तीसँगै अकल्पनिय (गरेपछि १ सय ६८ दिनमा हत्याबाट) मृत्युवरण गर्नु प¥यो । उल्लेखित सन्र्दभ स्मरण गर्नुका पछाडिको कारण, हिजो शुक्रबार मात्र मृत्युवरण गरेका नेपाली राजनीतिका निष्ठावान नेता नविन्द्रराज जोशी मृत्यु हो । जोशीको मृत्यु पनि अकल्पनिय रह्यो । ६ दशक पनि नपुगेका नेता जोशी शालिन, सभ्य र भद्र नेता थिए । एक महिना अस्पतालको शैयामा मृत्युसँग जुधिरहे । तर पनि आधुनिक चिकित्सा विज्ञानले उनलाई बचाउन सकेन् ।
माथि उल्लेखित संवेदनाका शब्दले पनि प्रष्ट पार्छ । जोशी नेपाली राजनीतिमा निष्ठाका उम्दा नेता थिए । समाजका विभिन्न तप्काका विभिन्न व्यक्तिले जोशीको निधनसँगै व्यक्त गरेका शब्दले त्यसलाई स्पष्ट पार्छ । किनकी नेपालको राजनीतिमा निष्ठा लुप्त भैरहेका बेला जोशीले उक्त गुण आफुमा निहित राखेर एउटा पुस्ताको राजनीति मात्र गरेनन् पछिल्लो पुस्ताका लागि प्ररेणाका स्रोत बन्दै थिए । त्यसैले उनको निधनमा दुःख व्यक्त गर्नेहरुको उभार आएको हो । हामी नेपालीको औसत आयु करिब ७० वर्ष पुगेका बेला जोशी ५७ वर्षको उमेरमा निधन हुनुलाई अल्पायु भन्न सक्ने आधार छ । कांग्रेस नेता चक्र प्रसाद बाँस्तोला जस्तै जोशीले पनि मृत्युका बखत त्यही नियती व्यतीत गर्नु प¥यो । बाँस्तोला करिब ३ वर्ष कोमाको जिन्दगी बाँचे तर जोशी भने, एक महिना अस्पतालको शैयामा कोमाको जिन्दगी बाँचेर हामी बीचबाट बिदा भएका छन् ।
जोशीले जीवनका कालमा आफ्नो आस्थालाई पद र प्रतिष्ठासँग सम्झौता गरेनन् । निष्ठालाई गुटसँग सम्झौता गरेनन् । समय अनुसारको जिम्मेवारीमा कुशल रहे । जवाफदेहिताको राजनीतिमा प्रतिवद्ध रहे । आफुमा निहित विवेकलाई प्रतिशोध साध्न विवेकहिन भएर प्रस्तुत भएनन् । त्यसैले भन्न सकिन्छ, जोशी केही भएर पनि नभए जस्तो स्वभाव प्रकट गर्ने र आफुमा केही नहुँदा पनि भए जस्तो गरी दिन सक्ने स्वभावका नेता थिए । उनको गुण नागरिकमा आशा संचार गराउन सक्ने खुबी थियो । भुकम्पका बेला (०७२ सालमा ) उनले आफ्ना क्षेत्रका बासिन्दालाई लगाएको गुण आफैमा अविस्मरणीय छ । त्यसै बखत भारतको वडौदाकी गायकड परिवारकी महारानी आशा गायकाड हनुमान ढोका क्षेत्रमा आएर भुकम्पले पु¥याएको क्षतिको अवलोकन् गरिरहँदा यो स्तम्भकारले उनीसँग रहेर उनको सोचबारे जानकार हुने अवसर पाएको थियो । उनले त्यस बखत त्यस क्षेत्रको पुर्ननिर्माणमा मौलिकता नमासिकन पुर्ननिर्माण गर्नुपर्नै बताउदै विदेशीहरुको पुर्ननिर्माणको चासोलाई निशर्त स्वीकार गर्न नसकिने बताएका थिए । मौलिकतालाई संरक्षण गरेर आफ्नो पहिचान गुमानु हुदैन् भन्ने उनको चिन्तन थियो । वर्तमान नेपालमा उनको जस्तो गुण राजनीति गर्नेहरुमा विरलै देख्न पाईन्छ ।
त्यसैले हुनुपर्छ, फरक आस्था र पेशाका व्यक्ती वा महानुभावले अत्यन्तै सम्मानका साथ उनको निधनमा दुःख व्यक्त गरिरहेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीका शब्दले त्यसलाई पुष्टि गर्छ । हुन त यतिवेला समाजिक संजालमा भाईरल हुन पनि श्रद्धाञ्जली र संवेदना व्यक्त गर्नु सभ्यता भएको छ । उनको उपचार भैरहँदा मृत घोषित गर्दै संचार जगतले स्कुप मारेको तितो अनुभव पनि हामीले गर्नु प¥यो । त्यही असत्य समाचारलाई विश्वास गर्दै हामी समाजिक संजालका परिजीवीले हतारमा श्रद्धाञ्जली व्यक्त ग¥यांै । त्यो क्षण आफैमा संवेदनाहिनको क्षण थियो । त्यसका लागि हामी जस–जसले कौवा बनेर कान नछोपी कौवाका पछाडि दौडियौं,मृत्यु नहुदै मृत्यु मानेर सवेदना प्रकट ग¥यौं, त्यसको प्रायश्चित गर्न सक्नु पर्छ । साथै यतिवेला वास्तबिक मृत्युका बखत श्रद्धाञ्जली गर्न सक्नु पर्छ ।
जोशीको निधनले भारतको स्वतन्त्रता प्राप्तीको आन्दोलनका बखत गान्धीका स्वकिय सचिव समेत रहेका महादेव देसाईको मृत्युको स्मरण गराएको छ । किनकी निष्ठाको लडाई लडिरहेका गान्धीका विश्वास पात्र देसाई सन् १९४२ को निधन आफैमा दुःखद थियो । त्यसले सिंगो आन्दोलन समेत स्तव्ध भएको थियो । त्यसैगरी नेपालको राजनीतिमा यतिवेला निष्ठाको लडाईमा रहेका जोशीको निधन आफैमा ठुलो क्षति हुन पुगेको छ ।
देसाईको निधनमा गान्धीले पुनाको आगा खाँन प्यालेस (जेल) मा दागवत्ति दिदै ‘महादेव आजसम्म तिमी मेरो छोरो बनेर मेरो सेवा ग¥यौं, तर आज तिम्रो छोरो बनेर तिमीलाई दागवत्ती दिदै छु ।’भनेका थिए । उनको मृत्यु उपचारको अभावमा भएको ठहर गर्दै त्यसको जिम्मेवारी अंग्रेज सरकारले लिनु पर्छ भनेका थिए । उनको शदगद्को समाचार समेत बाहिर सार्वजनिक गर्न रोक लगाईएको थियो । उनका छोरा नारायणभाई देसाईले १ महिना पछि मात्र सरकारले पिता महादेवको मृत्युको जानकारी गराएको सन्र्दभ यो स्तम्भकारलाई सुनाएका थिए ।
देसाईको सन्र्दभ यहाँ सम्रण गर्नुका पछाडि महादेवमा निष्ठा अनि लगनशिलता कति थियो, भनेर बुझ्न सकिन्छ । जसरी देसाईको मृत्यु पछि गान्धीले शोकलाई शक्तीमा रुपान्तरण गर्दै भारतलाई स्वतन्त्र बनाई छाडे । त्यसैगरी जोशीको निष्ठामा पनि कसैले शंका गर्न सक्ने अवस्था छैन् । निजी अस्पतालको शैयामा उपचाररत रहँदा सरकारले उपलब्ध गराएको सहयोग वापतको १० लाख रुपैयाँ समेत उनको परिवारले नलिएर सरकारी अस्पतालमा उपचाररत दिन दुःखीहरुलाई वितरण गर्न सुझायो । देश र जनताको अवस्थालाई अस्पतालको शैयाबाट पनि उनले स्मरण गरेको बुझ्नु पर्छ । यदि मै खाऊ, मै लाऊ स्वभावका नेता हुन्थे भने उनको अचेत अवस्थामा परिवारले सरकारले उपलब्ध गराउने भनेको उक्त रकम बुझ्न सक्थ्यो । तर उनले जीवनकालमा देखाएको चरित्र र निष्ठाका कारण परिवारले सरकारले उपलब्ध गराएको उक्त रकम मनाही गरिदिएको हुनुपर्छ । त्यसैले भन्न सकिन्छ, जोशीको जीवन चरित्रबाट मात्र नभएर मृत्युबाट पनि हामी नेपालीले सवक सिक्न सक्नु पर्छ ।
जोशी पंचायती कालखण्डमा पटक–पटक जेल परेका नेता हुन् । कष्ट सहेका नेता हुन् । उनी प्रलोभनमा कहिल्यै परेनन् । साथै समकक्षीहरुको धावा र धोका विरुद्ध कहिल्यै प्रतिशोधमा उत्रिएनन् । सत् गुणले भरिपूर्ण जोशीको निधन नेपाली समाजका लागि ठूलो क्षति हो । विद्यार्थीका कालमा समकंक्षी, नेवि सँघका कार्यकर्ता एवंम कृषि विकास बैंकका पूर्व बिभागिय प्रमुख विष्णु आत्रेयले जोशीको निधन प्रति अमेरिकाबाटै दुःख व्यक्त गरे । उनको निष्ठा र लगनशिलतालाई आजको पुस्ताले स्मरण मात्र गर्न सक्यो भने उनीप्रति सच्चा श्रद्धाञ्जली हुने आत्रेयको भनाई छ । उनले भने ‘जोशी दुःखमा नआत्तिने र सुखमा नमात्तिने स्वभावका थिए ।’ ०७३ सालमा मन्त्री भैरहँदा पनि उनको स्वभावमा कुनै परिवर्तन नआएको अनुभव आत्रेयले व्यक्त गरे ।
तर नियतिले उनलाई अल्पायु मै हामीबाट अलग ग¥यो । त्याग र निष्ठाको जीवन मात्र नभएर मृत्यु पनि त्यही आर्दशले वरण गरेका जोशी प्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा उनमा निहित गुणलाई स्मरण गरेर आफ्नो व्यवहारमा उर्तान सक्यौ भने सच्चा श्रद्धाञ्जली हुने आत्रेयले बताए । नेपालको वर्तमान राजनीतिमा बाँचेर पनि मर्नेहरुको भीडमा, जोशी ५७ वर्ष बाँचेर, मरे पनि युगयुग बाँचिरहने छन् ।
अलबिदा, नविन्द्र दाई,...
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक