Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

शिशु हत्या अभियोगमा महिला पक्राउ

शिशु हत्या अभियोगमा महिला पक्राउ


शिशु हत्या अभियोगमा महिला पक्राउ

कास्की – शिशुको हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन्।

कुँवरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरअन्तर्गत शुक्रबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

रासस

कामना न्यूज

  • शनिवार, चैत्र २१ २०७७०७:०९:४५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ