काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सडकको शिलान्यास गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्वाचन क्षेत्रभित्र रणनीतिक सडक निर्माण गर्ने उद्देश्यले सरकारले एक निर्वाचन क्षेत्रमा एक सडक निर्माण गर्दैछ ।
देशभरीका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा एक सय ६५ वटा सडक निमार्ण गरिने छ । सडक निमार्ण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ । १६५ निर्वाचन क्षेत्रमाई आधारभूत रुपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक