काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुँडाल र नहुकल सुवेदीको नाम अनुमोदन भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो ।
समितिमा सांसदहरुले न्याय क्षेत्रसँग जोडिएका र समितिमा परेका उजुरीका विषयमा प्रश्न गरेका थिए । सुवेदी र चुँडालको नाम सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
सुवेदी र चुँडालको नाम अनुमोदन भएसँगै वर्र्ष दिनभन्दा अगाडिदेखि सर्वोच्चमा रिक्त रहेको दुई न्यायाधीश पद पूर्ति हुने भएको छ ।
न्याय परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीश रहेका चुँडाल र नहकुल सुवेदीको नाम गत फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक