Logo

बुधवार, भाद्र १० गते २०८३

ओलीले सोधेको स्पष्टिकरणको जवाफबारे नेपाल पक्षका सांसदहरु छलफलमा

ओलीले सोधेको स्पष्टिकरणको जवाफबारे नेपाल पक्षका सांसदहरु छलफलमा


ओलीले सोधेको स्पष्टिकरणको जवाफबारे नेपाल पक्षका सांसदहरु छलफलमा

काठमाडौँ – नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सोधिएको स्पष्टिकरणबारे छलफलमा जुटेका छन् ।

स्पष्टिकरणको जवाफ तय गर्न नेता नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन् ।

सांसद पुष्पा कर्ण कायस्तले आफूहरु स्पष्टिकरणबारे छलफल गर्न भेला भएको बताएकी छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन उनीहरुका लागि बिहीबार मध्याहन्नसम्मको समय छ ।

स्पष्टिकरणको जवाफ चित्त नबुझे ओलीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्न सक्ने छन् ।

ओलीले संघ र प्रदेशका गरि नेता नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका छन् ।

ओली र नेपालबिच बुधबार वार्ता भएको थियो, तर सहमति बनेको थिएन ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण