काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता अस्पताल भर्ना भएकी छन् । शरीरमा सोडियमको मात्रामा कमी भएकाले सीतालाई मंगलबार साँझ मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।
दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन् । गंगाका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।लामो समयदेखि पार्किन्सन रोगबाट सीता पीडित छिन् । गत पुसमा भारतको नयाँदिल्लीमा उपचार गरी उनलाई ल्याइएको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक