Logo

बुधवार, भाद्र १० गते २०८३

खनाल-नेपाल समूहले एमाले फुटाए म साथ दिन्छु : वामदेव गौतम

खनाल-नेपाल समूहले एमाले फुटाए म साथ दिन्छु : वामदेव गौतम


खनाल-नेपाल समूहले एमाले फुटाए म साथ दिन्छु : वामदेव गौतम

काठमाडौँ झलनाथ खनाल-माधव नेपाल समूहले नयाँ पार्टी गठन गरे त्यसमा सहभागी हुने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बताएका छन् । सोमबार गौतमले समसामयिक सन्दर्भमा यस्तो धारणा राखेका हुन् ।

'वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन' गौतमले भनेका छन् 'तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।'पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्‍ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन’ वामदेवले भने । प्रतिउत्तरमा गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेको गौतमको दाबी छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण