काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल चोक डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट गएराति मृत्यु भएको हो ।
डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पा बिच वादविवाद हुँदा क्षेत्रले कुटपिट गर्दा डोमा घाइते भएकी थिइन ।महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले आरोपी क्षेत्रलाई नियन्त्रणमा लिई सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ