Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

‘टाइगर–३’ मा पाकिस्तानी आईएसआई एजेन्ट बन्दै इमरान, एक्सनमा सलमानसँग भिड्दै

‘टाइगर–३’ मा पाकिस्तानी आईएसआई एजेन्ट बन्दै इमरान, एक्सनमा सलमानसँग भिड्दै


‘टाइगर–३’ मा पाकिस्तानी आईएसआई एजेन्ट बन्दै इमरान, एक्सनमा सलमानसँग भिड्दै

मुम्बई । अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफले केही महिना अघिदेखि मात्रै ‘टाइगर–३’ को छायांकन सुरु गरेका थिए । अभिनेता इमरान पनि खलनायकको रुपमा अभिनय गर्दैछन् भन्ने खबर बाहिरिएको थियो । 

कोरोनाको दोस्रो लहरले स्थगित भएको चलचित्रको छायांकन अब जुनदेखि सुरु गरिने खबर छ । यो सँगै अभिनेता इमरानको पात्र बारे पनि जानकारी सार्वजनिक भएको छ ।

बलिउड हंगामाका अनुसार चलचित्रमा अभिनेता सलमान र इमरान आमनेसामने हुनेछन् । किनभने चलचित्रमा अभिनेता इमरान आईएसआई एजेन्टको भूमिका निभाउँदै छन् । चलचित्रमा इमरानको पात्र स्मार्ट, स्टाइलिस र पहिले गरेको चलचित्रका नकारात्मक पात्रको छायाबाट बिल्कुलै फरक हुने बताइएको छ । यस्तै अभिनेत्री कट्रिना पनि आईएसआई एजेन्टको भूमिकामा छिन् । 

टाइगर–३ मा ३५० करोडको बजेटको अनुमान गरिएको छ । चलचित्र यही जुनको मध्यसातादेखि पुनः छायांकनमा जाने बताइएको छ । यसराज फिल्मसको निर्माणमा बन्दै गरेको चलचित्रलाई मनिष शर्माले निर्देशन गर्दैछन् ।

बलिउड हंगामा

कामना न्यूज

  • मंगलवार, जेठ ११ २०७८०७:११:४१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ