Logo

बुधवार, भाद्र १० गते २०८३

लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने

लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने


लुम्बिनीमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् । जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरूको प्रदेश सभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले प्रदेशसभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट मुक्त गरिएको निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको थियो । 

निर्वाचनको अन्तिम नामावली प्रकाशन भइसकेकाले उनीहरूले मतदान गर्न पाउने–नपाउने अन्यौल थियो । तर, आयोगले निर्वाचनको अघिल्लो दिन ४ जनाले पनि मतदान गर्न पाउने निर्णय गरेको हो  । उक्त सुचना प्रदेश निर्वाचन कार्यालयमा टाँसिएको छ ।

यससँगै निर्वाचनामा प्रदेश सभा सदस्य ८३ जना र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ जनागरी जम्मा ३०० मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् ।

उक्त निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । निर्वाचनको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेका लागि तोकिएको छ । निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट भोलि नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।

कामना न्यूज

  • आइतवार, जेठ १६ २०७८०९:०९:५३
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण