काठमाडौं । सुनचाँदीको मूल्य फेरी बढेको छ । सुन तोलामा दुईसय रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य ९४ हजार दुईसय कायम गरेको छ । आइतबार तोलाको ९४ हजार कायम गरिएको थियो ।यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार ७ सय पुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६० पुगेको महासंघले जनाएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक