Logo

बुधवार, भाद्र १० गते २०८३

राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर आश्चर्य लाग्यो : वामदेव गौतम

राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर आश्चर्य लाग्यो : वामदेव गौतम


राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर आश्चर्य लाग्यो : वामदेव गौतम

२२ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन् । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताएका छन् ।

‘..संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्तै दुःखी भएको छु,’ गौतमले लेखेका छन् । संविधानले अनेकौं विशेषता सहितको नेपाल राष्ट्र र राज्य स्पष्ट भनेको उनले उल्लेख गरेका छन् ।महतोको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीको अनभिज्ञता देखेर आश्चर्यमा परेको पनि गौतमले बताएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण