Logo

बुधवार, भाद्र १० गते २०८३

गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै


गण्डकीमा वैकल्पिक सरकार बनाउन दिएको समय ३ बजे सकिँदै

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय आज दिउँसो ३ बजे सकिँदै छ । विपक्षी गठबन्धनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइ हस्ताक्षर बुझाइसेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार बनाउन गण्डकीमा ३० सांसद भए पुग्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा शुक्रबार पदमुक्त भएका छन् । उनी पदमुक्त भएसङ्गै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ । ५९ को बहुमत संख्या ३० भए सरकार बन्छ ।

विपक्षी नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा (थापा बाहेक) २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरि ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अध्ययन गर्नेभन्दै शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी थिइनन् । उक्त समयसीमा आज सकिँदैछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी